Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफै बाटो खनेर गाडी चढे सरकारी कार्यालयका प्रमुखहरु

Published on 12:55:00 PM //


भरत पाण्डेय
गुल्मी २६ जेष्ठ । आजभोली गाउँमा सानातिना सार्वजनिक काम गर्नको लागी पनि सरकारकै मुख ताक्ने प्रबृत्ति छ । कहीँ कतैबाट बजेट विनीयोजन भएन भने मानिसले आफ्नो शौचालय समेत बनाउन रुचि देखाउँदैनन् तर गुल्मीका प्रशासन, विकाश, सुरक्षा र अन्य सरकारी कार्यालयका प्रमुखहरुले आफै सार्जजनिक बाटो मर्मत गरेर गाडीमा यात्रा गरेका छन् ।
जनताका समस्या बुझ्ना गाउँ गाउँ पुग्ने अभियानका साथ गुल्मी क्षेत्र नम्बर तीन पुगेका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, स्थानिय विकाश अधिकारी हरी प्रसाद ज्ञवाली, प्रहरी नायव उपरीक्षक राजकुमार बैदवार, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हरी बहादुर कुँवर, कृषि विकाश बैँकका प्रमुख गोपाल गैरे, तम्घास अस्पत्ताल विकाश समितीका अध्यक्ष विर बहादुर कार्की लगायतको टोली आफै मोटर बाटो खनेर मर्मत गर्दै गाउँ पुगको हो ।
आजभोली गुल्मी जिल्लामा आधा भन्दा बढी विकाशको बजेट मोटरबाटो खन्नमा नै खर्च भएको भएपनि भ्रष्टाचार अनियमितताको कारण सहि सदुपयोग हुन नसक्दा अधुरा मोटरबाटोहरु खनिएपछि यात्रा गर्दा आफै बाटो खन्नु पर्ने अबस्था आएको हो । गुल्मीको पश्चिम अर्खावाङ्ग बाट ह्वाङ्गदी पुग्ने मोटरबाटो मर्मत नगरीएको कारण जिर्ण बनेपछि गाउँ पुगेका सरकारी अधिकारीहरुले आफै मोटरबाटो खनेर यात्रा गर्नु परेको हो । मोटरबाटोमा गाउँभरीको भल र ढल हाल्ने, पानी जम्मा हुने पोखरी बनाउने, सडकमै खेती गर्ने जस्ता लापर्वाहीका कारण यस्तो समस्या आएको हो ।
गाउँमा अहिले डोजरले मोटरबाटो खन्ने र राजनैतिक दलका पहुँचवालाहरुले काम गरेको समय बढाएर विल बनाई भ्रष्टाचार गर्ने गरेकोले मोटरबाटोको लागी छुट्टीएको आधा भन्दा बन्दा बढी भ्रष्टाचार हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग