Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मैले यस कारण सम्झीए पितालाई

Published on 3:30:00 AM //

गगनशिला खड्का
गुल्मी २७ जेठ । ‘मेरो बुबाले बाँचुञ्जेल समाजसेवाका धेरे काम गर्नुभयो त्यसैले अहिले पनि उहाँलाई सबैले सम्झिन सकुन् भन्ने मेरो चाहना हो ’ , – गुल्मी उधोग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले आफ्ना बुबाको नाममा छात्रबृत्ति अक्षयकोषको घोषणा गर्दै भन्नुभयो– ‘यो कोषबाट यस गाविसका अनुशाशित विद्यार्थीले सँधै पुरस्कार पाईरहुन् ।’



पोखरेलले स्वगर्गिय पिता फर्सुराम पोखरेलको स्मृतिमा जैसिथोक गाविसको पाञ्चायन उच्च माविका अनुशाशित विद्यार्थीलाई पुरस्कृत गर्ने गरी ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरीदिनु भएको छ । वि.स १९९४ सालमा गुल्मी जिल्लाको जैशिथोक गाविस वार्ड नं ९ मा जन्मनुभएका फर्सुराम पोख्रेल जैशिथोक गाविसको विकास एवं पाञ्चायन उच्च माविको स्थापना कालदेखी नै सक्रिय रुपमा योगदान पु¥याउनुहुने समाजसेवी हुनुहुन्थ्यो । २०औँ बर्ष सम्म विधालयको सञ्चालक समितिको सदस्य पदमा रही योगदान पु¥याउनुभएका पोख्रेलले लामो समय सम्म जैशिथोक गाविस वार्ड नं ९ को वडा अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । आफु जन्मेर हुर्कीएको गाउँमा धेरै योगदान गर्नुभएका पोखे्रल २०२४ सालमा गुल्मीकै सदरमुकाम तम्घासमा बसेर व्यवसाय गर्न शुरु गर्नुभयो ।
पोख्रेलको भद्र व्यवहार, नम्र बोलीकै कारण तम्घासमा समाजसेवी तथा प्रतिष्ठीत व्यवसायीको रुपमा सबैले चिन्दथे । मुटु सम्बन्धी समस्याले गर्दा ६४ बर्षको उमेरमा २०५८ सालमा उहाँको दुखद निधन भयो । त्यस पछिका दिनमा उहाँकी श्रीमति, छोरा र बुहारीले व्यवसायलाई निरन्तरता दिन थाल्नुभयो । पिताको समाजसेवा प्रतिको लगाब र योगदानलाई अनुशरण गर्दे उहाँका परिवार र छोरा कृष्ण प्रसाद पोख्रलले बाबाको सम्झनामा तम्घास बजारको मध्य भागमा मन्दीर प्रबेशद्धार निर्माण गरिदिनुका साथै बजारदेखी तम्घासस्थान मन्दिर परिसर सम्म जानेबाटोलाई व्यवस्थीत एब पक्की बनाईदिनुभएको छ । केही दिन अगाडी मात्र जैसिथोक गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रमको अबसर पारी छोरा कृष्ण प्रसाद पोख्रलले पिताकै स्मृतीमा जैशिथोक गाविसमा रहेको पाञ्चायन उच्च माविमा फर्सुराम पोख्रेल स्मृती अक्षयकोष स्थापना गरिदिनुभएको छ ।
५० हजार राशीको उक्त कोषबाट प्रत्येक बर्ष पाञ्चायन उच्च माविमा अध्यनरत विधार्थीहरु मध्येबाट गरीब, जेहेन्दार,अनुशासित एक छात्र र १ एक छात्रालाई पुरस्कार प्रदान गरिने विधालयका शिक्षक लक्ष्मण पोख्रलले बताउनुभयो । उहाँले पिताकै सम्झनामा विभिन्न संघ संस्था र मन्दिरमा आर्थिक,ुसामाजिक,भौतिक रुपमा सक्दो सहयोग गर्नुभएको छ । स्वर्गीय पोख्रेलका छोरा कृष्ण प्रसाद पोख्रेल पनि पिताको सामाजिक कामबाट प्रभावित भई समाजसेवा र व्यवसायमै संलग्न हुनुहुन्छ । ३७ बर्षिय पोख्रेल गुल्मी जिल्लाको सफल युवा व्यवसायीको रुपमा चिनीनुहुन्छ । उहाँ अहिले गुल्मी उद्योग वाणिज्य संघको महासचिब, रेडियो रेसुङ्गाको सञ्चालक समितिको सदस्य, रेसुङ्गा विकास बैकको सञ्चालक समिति सदस्य, नेपाल रेडक्रस सोसाईटी तम्घास शाखाको सदस्य, रेसुङ्गा बहुमुखी क्याम्पसको विशिष्ट सदस्य, परमानन्द धुर्कोट बहुमुखी क्याम्पसको आजिबन सदस्य,् तम्घासस्थान संयुक्त मन्दिर व्यवस्थापन समतिको आजीबन सदस्य, नेपाल नेत्रज्योती संघको आजीबन सदस्य, जैशिथोक गाविस वार्ड नं ९ रौताडी प्राबीको संस्थापक सदस्य, व्रिलीयन्ट युनाईटेड एकेडेमीको संस्थापक सदस्य लगाएतका थुप्रै संघ संस्थामा आबद्ध हुनुहुन्छ ।
आफ्ना पिताको स्मृतीमा कृष्ण प्रसाद पोख्रलले जति सामाजिक काम गर्नुभएको छ यस्तै माया, सदभाब र सम्झना अन्य थुप्रै व्यक्तीहरुले पनि माता—पिताकै सम्झनामा गर्नुभएको छ । जसले गर्न सक्नुभएको छैन अब यहाँहरुले पनि यसरी नै आफ्ना आमा—बाबाहरुलाई सामाजिक सेवामै समर्पित गरेर सम्झने कोशीस गर्नुपर्दछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग