Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालय शान्ती क्षेत्र कार्यान्वयन गर्न अन्तरकृया

Published on 11:08:00 AM //


नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा ०६९ जे ठ ३० गते भाडगाउँ मावि अर्खलेमा विद्यालय शान्ति क्षेत्र कार्यान्वयनमा संरक्षक शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यबस्थापन समिति, बालअधिकार चेतना समूह र अविभावक विच अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।
भाडगाउँ माविका प्रअ बलबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागीहरुले राजनीतिक अस्थिरताले गर्दा विद्यालय व्यक्त गरे । सहभागिहरुले शान्ति क्षेत्र कार्यान्वयनको सवालमा जिल्ला स्तरिय बृहत अन्तरकृया कार्यक्रमको आयोजन गर्न समेत सुझाव दिए । वक्तहरुले विद्यालयमा सञ्चालित बालअधिकार प्रवद्धन कार्यक्रम नमुना योग्य भएको र विद्यालयका बालबालिकाहरुलाई बालअधिकार सचेतन कक्षाको सट्टा बालअधिकार तालिमको आयोजना गरेमा थप प्रभावकारीहुने समेत बताए । कार्यक्रममा भगवती माविका प्रअ बमबहादुर राना, उपल्लोतम्घास माविका प्रअ गणेशबहादुर खत्री, जनसहयोग माविका संरक्षक शिक्षक कृष्ण फुल्लेल, राङ्वास माविका संरक्षक शिक्षक कुलचन्द्र भट्टराई, भगवती माविका संरक्ष शिक्षक डोलराज पन्थी, उपल्लो तम्घास माविका संरक्षक शिक्षक राममणी पन्थी भाडगाउँ माविको विद्यालय व्यबस्थापन समिति सदस्य चेतमान कुँवर, शिक्षक अभिभावक संघका अध्यक्ष पुनाराम पाण्डे, बालअधिकार चेतना समूह भाडगाउँ माविका अध्यक्ष सुमन कुँवर, उपल्लो तम्घास माविका इन्दिरा पाण्डे, भगवती माविका अशोक पाण्डे, राङ्वास माविका शक्ति परियार र जनसहयोग माविका शुनिल विकले बालबालिका र शिद्यालय शान्ति क्षेत्रको कार्यान्वयन बारे आ–आफ्नो धारणा व्यक्त गरे ।
इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीको सहजीकरण र भाडगाउँ माविका संरक्षक शिक्षक थमन बहादुर खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रममा पाँच वटा सरकारी विद्यालयका १२ जना महिला सहित ३० जनाको सहभागिता भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग