Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक रेडियो परिवर्तनको परिक्षण प्रसारण शुरु

Published on 10:50:00 AM //


अनिल खत्री
बाग्लुङ, पश्चिम बागलुङको बुर्तिबाङबाट सामुदायिक रेडियो परिवर्तनले मंगलवारबाट आफ्नो परिक्षण प्रसारण थालेको छ । समुदायको आवाज समाज रुपान्तरण्को संवाहक, समुदायका लागि सामुदायिक रेडियो परिवर्तन भन्ने मुल नाराको साथ मंगलवार दिउँसो एक बजेर एक मिनेट जाँदाबाट प्रसारण शुरु भएको हो । विकट क्षेत्रमा रेहेको १०० वाट क्षमताको यस रेडियोले समाजमा सहि सुचना सप्रेशण गरी बागलुङ पश्चिम क्षेत्रमा रहेका विभिन्न किसिमका विषय वस्तुहरु कृषि, पर्यटन, गरिबी निवारण र विकासनिर्माणको लागि सञ्चारको तर्फबाट खेल्न सक्ने भुमिका निर्वाह गर्ने उद्देश्य सहित उक्त रेडियो स्थापना गरिएको अध्यक्ष लोकेन्द्र सुनारले बताउनुभयो । साथै उक्त रेडियो ढोरपाटनको काखमा स्थापना भएकोले आरक्षको बारेमा पनि सक्दो कार्यक्रमहरु बजाउने सुनारले जानकारी दिनुभयो । जिल्लाकै सबै भन्दा कान्छो रेडियो परिवर्तनको स्थापना सँगै बागलुङमा एफ. एम. स्टेशनको संख्या अब ७ पुगेको छ यो सँगै बागलुङ जिल्ला सञ्चारको क्षेत्रमा नमुना रुपमा स्थापना भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग