Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय सहमती बिना चुनाव हुन्न: पुर्व सभाषद बराल

Published on 11:08:00 AM //


सीता भण्डारी
गुल्मी जेठ ३०,
नेकपा माओवादीका पुर्व सभाषद सुदर्शन बरालले राष्ट्रिय सहमती बिना कुनै पनि हालतमा मसिर ७ मा चुनाव हुन नसक्ने बताउनुभएको छ । मंगलबार तम्घासमा क्रान्तिकारी पत्रकार संघ, गुल्मीले आयोजना गरेको पत्रकार भेटमा बरालले उक्त कुरा बताएका हुन । अव देशमा के हुन्छ त भन्ने पत्रकारहरुको जिज्ञासामा यतिबेला सबिंधान सभाको असामायीक अवसान भएको यो दुखान्तमा देश असंबैधानिक बाटोमा धकेलिएकोले आरोप प्रत्यारोपमा नलागी दलहरु तत्काल आम सहमतीको लागी जुट्नु पर्ने आजको आवश्यकता रहेको उनको भनाई रहेको थियो । देशमा जस्तो सुकै परिवर्तन पनि सहमतीकै आधारमा हुने भन्दै दलहरु सहमती गररै अगाडि बढनु पर्नेमा उनले जोड दिए । मुलुक यतीबेला असंबैधानिक कदम तिर धकेलिएको बताउँदै आम सहमतीका लागी प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजिनामा दिनुपर्छ भन्ने पक्षमा हामीहरु रहेका छौं, पुर्व सभाषद बरालले भने तर राष्ट्रिय सहमतीको सरकार गठनको खाका तयार नभएसम्म सरकारबाट हट्दा मुलुक थप असंबैधानिक र अराजकता तर्फ धकेलिने भएकाले सरकार खाली हुन दिन नहुने उनको तर्क थियो ।
अव पनि तपाईहरुलाई जनताले भोट देलान जस्तो लाग्छ जनताहरुले त नेताहरुलाई गाली गर्न थालेका छन नि भन्ने पत्रकारहरु जिज्ञासामा उनले भने त्यो जनताको अधिकारको कुरा हो त्यो सबै जनताहरुमा भर पर्छ म सुदर्शन बराललाई नै भोट दिनुपर्छ भनेर जनताहरुलाई भन्दिन तर जनताहरुले दिएको जस्तोसुकै मत म स्वीकार्न तयार भने रहेको छु । जनताले जस्तो ब्यवहार गरेपनि त्यो मेरो लागि स्वीकार हुनेछ, बरालले भने ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग