Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक महिनामा १ लाख भन्दा धेरै राजश्व संकलन

Published on 1:49:00 AM //


अपडेट गुल्मी १ असार, गुल्मी
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जेठ महिनामा मात्र १ लाख ३५ हजार ९ सय ५० रुपैँया राजश्व संकलन गरेको छ । ९ सय ५४ विभिन्न सवारी साधनलाई गरिएको कारवाहीवाट उक्त राजश्व संकलन गरिएको हो । कार्यालयले १ सय ६१ वसवाट १८ हजार ९ सय, ३ सय ९७ जिप तथा कारवाट ५७ हजार ९ सय, २ सय ३८ मोटरसाईकलवाट ३६ हजार ३ सय ५०, र ७८ ट्याक्टरवाट १० हजार ६ सय ५० राजश्व संकलन गरिएको ट्राफिक कार्यालय प्रमुख रामप्रसाद पोख्रेलले जानकारी दिनुभयो । ट्राफिक नियम विपरित सवारी साधन चलाउने सवारीसाधनवाट उक्त रकम संकलन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग