रेसुङ्गाको प्रचारका लागी कार्यलय प्रमुखहरुको वैठक रेसुङ्गामा
Published on
1:51:00 AM //
अपडेट गुल्मी
१ असार(गुल्मी)
गुल्मी जिल्लाकै गौरवको रुपमा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसारमा सरकारी कार्यालयका कर्मचारीहरु उत्सुक देखिएका छन् । प्रसस्त प्रचारप्रसारसको अभावमा आझेलमा परेको रेसुङ्गा क्षेत्रको प्रचार प्रसारमा सहयोग पु¥याउने हेतुले कार्यालय प्रमुखहरुको वैठक रेसुङ्गामा वसेको छ । प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको अध्यक्षतामा दिउसो वसेको जिल्लाका सम्पुर्ण कार्यालयका प्रमुखहरुको वैठकले रेसुङ्गा रेसुङ्गाको विकास विस्तार तथा प्रचारको लागी सक्दो सहयोग गर्ने निर्णय गरेको छ । साथै वैठकले जिल्लाको पश्चिमी गाविस अग्लुङ्गमा यहि असार ४ गतेवाट घुम्ती सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । भौगोलिक हिसावले विकट गाविस अग्लुङ्गका जनतालाई सरकारी कार्यालयको सेवा प्रदान गर्नका लागी घुम्ती शिविर सञ्चालन गर्नै निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जानकारी दिनुभयो ।
