Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकल दुर्घटनामा १ गम्भिर घाईते

Published on 9:16:00 PM //

गुल्मी, असार ६ -गुल्मीको जुभुङ्ग १ झिर्वासमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन्। गुल्मी बलिथुमको थाक्सीपोखरा माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक धनवहादुर थापा उक्त मोटरसाईकल दुर्घटनामा परि घाईते हुनुभएको हो। मंगलबार विद्यालयवाट घरतर्फ फर्किने क्रममा करिव अपरान्ह साढे ४ वजेतिर उहाँ सवार लु १२ प ३५४२ नम्वरको मोटरसाईकल दुर्घटनामा परेको थियो। दुई दिनसम्म परेको वर्षाले वाटो विग्रीएका कारण मोटरसाईकल अनियन्त्रित हुँदा जुभुङ्ग गाविसको झिर्वास स्थित पिपलवोट नजिकै घुम्ती सडकदेखि करिव २ सय मिटर तल खसेको छ। घाईते थापाको स्थानीयवासीले उद्धार गरेका थिए। थापाको टाउको र शरिरका विभिन्न भागमा चोटपटक लागेको र उपचारका लागि पाल्पातर्फ लैजाँदै गरेको गोविन्द पेमी मगरले जानकारी दिनुभएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग