संसार छाडिन मन्जुले
Published on
9:22:00 PM //
सन्तोष थापा, पर्वत-जीवन र मृत्युसँग पौँठेजोरी खेल्दै आएका पर्वतको रानीपानी ५ पत्स्यारका ५ अपाङ्ग मध्येकी साइली मञ्जु परियारको मृत्यु भएको छ ।
बलबहादुर परियारका पाँच अपाङ्ग छोरी मध्येकी साइली छोरी १५ बर्षिय मञ्जु परियारको मृत्यु भएको हो । दलित परिवारमा जन्मिएर विडम्बित जीवन जिउँदै आएका र सहयोगी दाताहरुको भरमा जीवन गुजारी रहेका अपाङगहरु मध्ये मञ्जु केही समय पहिला देखि शारिरीक अस्वस्थ रहेको र उपचारका लागि छिमेकी जिल्ला पाल्पातर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने जिरे खुर्सानी हाँस्य टेलिश्रङखलाका कलाकारहरुले आफ्नो ४ सयौँ भाग मनाउने अवसरमा त्यहाँ पुगेर उनीहरुलाई १ लाख १ हजार १ सय ११ रुपैंया नगद सहयोग समेत गरेका थिए । मञ्जुको छायाङ्कन गरेको दृश्य टेलिभिजनमा प्रसारण हुन नपाउँदै सोमबार विहान ९ बजे उनको मृत्यु भएको हो भने रेकर्डिङ्ग दृश्य सोमबार साँझ ८ः४५ मा प्रसारण भएको थियो ।
