Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बम्जनका समर्थक र स्थानीयबासीबीच फेरी झडप

Published on 2:01:00 PM //


बाराका तपस्वी रामबहादुर बम्जनका समर्थक र तीलुवाका स्थानीयबासीबीच आज फेरी झडप भएको छ । बम्जनलाई बोदी सवर्ण धर्म संघको नामबाट नागरिकता प्रदान गर्नुपर्ने, हलखोरीया जंगललाई धार्मिक वन घोषणा गर्नुपर्ने माग राख्दै चक्काजाममा उत्रिएका बम्जन समर्थक माथि स्थानीयवासीले प्रतिकार गरेका हुन् ।

दोहोरो झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर र लाठीचार्ज गरेको थियो । घटनामा ६ जना प्रहरी सहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये बम्जन समर्थक ४ जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरुको बीरगञ्जमा उपचार भईरहेको छ । बम्जनको कारण काठ तस्करी बढेको भन्दै स्थानीयवासीले बम्जनलाई जंगलबाट बाहिर निकाल्नुपर्ने माग गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग