Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एस.एल.सीमा फेल भएपछी तीन युवतीद्वारा आत्महत्या

Published on 11:51:00 PM //


काठमाडौं, जेष्ठ ३२। एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि तीन युवतीले आत्महत्या गरेका छन् । एसएलसी नतिजा सार्वजनिक भएलगत्तै उनीहरुले आत्महत्याका बाटो रोजेका हुन् । एसएलसीमा फेल भएपछि बिहीबार बिहान पाल्पा छहराकी एक युवतीले आत्महत्या गरेकी छिन् । छहरा, ४ गोलौचाकी १६ वर्षीया सरिता रानाले आत्महत्या गरेकी हुन् । उनले आवेशमा आएर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
एसएलसीको परीक्षाफल बुधबार आएको र परिणाम आफ्नो पक्षमा नआएपछि आत्महत्या गरेको हुनसक्ने स्थानीय भुवन रायमाझीले जानकारी गराए । नतिजा बुधबार नै सार्वजनिक भएपनि रानाले बिहिबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी छहराको भैरवनवदीप उच्च माविबाट एसएलसीमा सहभागि भएकी हुन् । घटनाबाट राना परिवार स्तब्ध भएको रायमाझीले बताए ।फेल भएपछि बुधवार साझ नेपालगन्जकी एक युवतीले आत्महत्या गरेकी छन् । आवेशमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । नेपालगन्ज-१३ गोसाईगाउ निवासी प्रतिक्षा शर्माले एसएलसी परिणाम आफ्नो पक्षमा नआएपछि आत्महत्या गरेकी हुन् । नतिजा सार्वजनिक भए लगत्तै नकारात्मक परिणाम आएर आवेशले ज्यानै लिने समेतका दुर्घटना हुन थालेको प्रहरीले जनायो ।
१५ वर्षीया प्रतिक्षाले परिणाम सोचे जस्तो नआएपछि झुण्डिएर देह त्याग गरेको प्रहरीको भनाई छ । घटना थाहा पाएपछि भेरी अञ्चल अस्पताल पुर्‍याइएकी शर्माको त्यसअघि नै निधन भैसकेको थियो । बलिराम शर्माकी छोरी उनी नारायण उच्च माध्यमिक विद्यालयबाट एसएलसीमा सहभागी थिइन् ।
श्रीराम उच्चमाविवाट एसएलसी दिएकी मधु देवानले विहीवार विहान विष सेवन गरी आत्महत्या गरेको प्रहरीले वताएको छ । परिक्षा रिजल्टमा तीन विषय लागेपछि निराश देखिएकी मधुले घरमा लामखुट्टे मार्न प्रयोग गर्ने औषधी सेवन गरेको र उपचारका लागि कोसी अञ्चल अस्पताल ल्यायी पुर्‍याउदा मृत्यु भएको प्रहरीले वताएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग