Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एसएलसी परीक्षामा ४७ दशमलव १६ प्रतिशत उत्तिर्ण

Published on 6:22:00 PM //


३१ जेठ, भक्तपुर । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको प्रवेशिका परीक्षा एसएलसीको परिक्षाफल बुधबार प्रकाशित गरेको छ ।

परीक्षामा नियमित तर्फ ४७ दशमलव १६ प्रतिशत अर्थात १ लाख ९७ हजार ६ सय ३८ परीक्षार्थी पास भएका छन् ।

नियमिततर्फ यो विगतको भन्दा झण्डै ७ प्रतिशतले कम हो । गत वर्ष करिव ५४ प्रतिशत विद्यार्थी पास भएका थिए । नियमित तर्फ पास भएकामा विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, प्रथम श्रेणीमा ७७ हजार २ सय ५७, दृतिय श्रेणीमा ९३ हजार ८ सय ३० र तेस्रो श्रेणीमा ८ हजार ७ सय ९१ जना छन् । यस्तै एक्जाम्टेडतर्फ १३ दशमलव ७० प्रतिशत अर्थात १० हजार ५ सय ४९ जना परीक्षार्थी पास भएका छन् ।

परीक्षाफल moe.gov.np, doe.gov.np, slc.ntc.net.np  र slcresult.soce.gov.np मा हेर्न सकिनेछ । यस्तै १६०० डायल गरी प्रप्त निर्देशनका आधारमा रिजल्ट थाहा पाउन सकिनेछ ।

गत चैत्र ७ गतेदेखि १६गतेसम्म सञ्चालित एसएलसी परिक्षामा नियमिततर्फका चार लाख, ४५ हजार ९ सय ७४ जना र एक्जाम्टेडतर्फका ८२ हजार २ सय ८३ जना गरि कुल ५ लाख २८ हजार २ सय ५७ जनापरीक्षार्थीहरु सहभागी भएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग