Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एसएलसीको परीक्षाफल आज

Published on 11:46:00 AM //


३१ जेठ, काठमाण्डौं । परिक्षा नियन्त्रणको कार्यालयले गत बर्ष लिएको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको अन्तिम तयारी भईरहेकाले प्राविधिक कठिनाई नभए आजै नतिजा सार्वजनिक गरिने कार्यालयका परिक्षा उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मिले जानकारी दिनुभयो ।
नतिजा प्रकाशनका अवस्थालाई मध्यनजर गर्दै सुरक्षा निकायलाई पनि संवेदनशिल अवस्थामा रहन परीक्षा नियन्त्रणको कार्यालयले आग्रह गरेको छ । सोही आग्रह अनुसार सुरक्षा व्यवस्था मिलाएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । यसवर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग