Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज एकीकृत माओवादीको शक्ति प्रदर्शन

Published on 1:14:00 PM //


काठमाडौ, असार १ । संविधानसभा विघटनको कारण र पहिचान सहितको संघीयताका पक्षमा शुक्रवार एकीकृत नेकपा माओवादीले काठमाडौमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनपछि दिउँसो एक बजे काठमाडौको खुल्लामञ्चमा हुने जनसभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

संविधानसभा विघटनको कारणका बारेमा नागरिकलाई स्पष्ट पार्न र पहिचान सहितको संघीयताका पक्षधरलाई एक जुट पार्न जनसभा गर्न लागिएको प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो । उहाँले गर्मी हुने भएकाले छाता ल्याउन र आ आफ्नो भेषभुषा सहित उपस्थित हुन सबैलाई आग्रह गरिएको बताउनुभयो । जनसभा अघि माओवादीले काठमाडौका विभिन्न ठाउँबाट शक्ति प्रदर्शनको तयारी समेत गरेको छ ।
यसअघि नेपाली कांग्रेस र नेकपा एमाले, राप्रपा नेपालले प्रदर्शन गरिसकेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग