Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकहरुले हैन सिडिओ, एलडिओ र जिशिअले कार्यालयबाटै राजनीति गरे: महासचिब निरौला

Published on 3:23:00 AM //


विष्णु पौडेल/गुल्मी असार २
नेपाल शिक्षक संघका केन्द्रिय महासचिव केशव निरौलाले शिक्षकहरुले कहिल्यै राजनिति नगरेको दावी गर्दै उहाँले सवैभन्दा धेरै राजनिती प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र स्थानीय विकास अधिकारी लगायले कार्यालयमै वसेर गरेको आरोप समेत लगाउनुभयो ।
नेपाल शिक्षक संघ क्षेत्र नम्वर २ गुल्मीको शिक्षक भेला तथा अन्तरक्रिया कार्यक्रम निरौलाले उक्त कुरा बताउनुभएको । श्रृङ्गा जनता उच्च माविमा श्रृङ्गामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघसंग आवद्ध शिक्षहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले शिक्षकहरुका माग प्रति आफु गम्भिर रहेको वताउनुभयो । कार्यक्रममा वोल्दै  भण्डारीले शैक्षिक गुणस्तर खस्किँदै गएकोमा दुख व्यक्त गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागी शिक्षकहरुको भुमिका महत्वुर्ण हुने वताउनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष विष्णुदेवि पाण्डे, नेपाल शिक्षक युनियनका केन्द्रिय कोषाध्यक्ष पदमप्रसाद पाण्डे, नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेम भण्डारी, नेपाल शिक्षक युनियन अर्घाखाँचीका अध्यक्ष यादव प्रसाद घिमिरे, तरुणदल गुल्मीका अध्यक्ष खिलध्वज पन्थी, नेविसंघका उपाध्यक्ष निरज मरासिनी, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल शिक्षक संघ क्षेत्र नम्वर २ समन्वय समितिका उपाध्यक्ष सिता थापाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रम समन्वय समितिका अध्यक्ष खिम वहादुर थापाको अध्यक्षता र सचिव रामहरी पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग