Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आशा अपांङ्ग केन्द्रद्वारा गुल्मी जिल्ला समाज यूकेलाई सम्मान

Published on 3:25:00 AM //


जनार्दन घिमिरे/ताराप्रसाद भुसाल
गुल्मी २ असार । अपांङ्गको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आईरहेको आशा अपांङ्ग केन्द्र गुल्मीले शनिबार एक कार्यक्रमका वीच गुल्मी जिल्ला समाज यूकेलाई सम्मान गरेको छ । गुल्मी जिल्ला समाज यूकेद्वारा विगत लामो समयदेखि विशुद्ध अपाङ्गको क्षेत्रमा क्रियाशील रुपमा काम गर्दै आईरहेको आशा अपाङ्ग केन्द्र गुल्मीलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरि अपांङ्गको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै उक्त सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि माननीय जिल्ला न्यायधिष कृष्णराम कोईरालाले गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष दुर्गा पाण्डेलाई दोसल्ला र सम्मान पत्र प्रदान गरि संस्थाको तर्फवाट सम्मान गर्नु भएको थियो । सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि जिल्ला न्यायधिष कृष्णराम कोईरालाले सपांङ्ग मानिस जुनसुकै समयमा पनि अपांङ्ग वन्न सक्छ भन्दै अपांङ्गता भएका व्यक्तिले गरेको काम हेर्दा अपांङ्ग व्यक्तिले गर्न सक्ने काम सपांङ्गता भएको व्यक्तिले गर्न नसकेको धारणा व्यक्त गर्नु भएको थियो । उहाँले अपांङ्गता भएका व्यक्तिहरु गरीव तथा अति विपन्न परिवारका हुने भएका कारण उनीहरुलाई दया र माया मात्र हैन अवसर समेत प्रदान गर्न सकेमा उनीहरुको आत्मविश्वास वढ्न सक्ने वताउनु भएको थियो ।
कार्यक्रमा गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष दुर्गा पाण्डेले आफुहरु कामको सिलसिलामा वेलायत पुगेर पनि त्यहाँ रहेका नेपालीहरुले कमाएको मेहनतको कमाईवाट संकलन गरेको रकम अपांङ्गको क्षेत्रमा आफुहरुले खर्चिएको वताउनु भएको थियो । उहाँले आशा अपांङ्ग केन्द्र गुल्मीले अपांङ्गको क्षेत्रमा गर्दै आईरहेको कामको प्रशंसा गर्दै उक्त केन्द्रलाई एम्वुलेन्स खरिदका लागि आर्थिक सहयोग उपलव्ध गराईसकेको वताउनु भएको थियो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल, प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार, एकिकृत माओवादीका राज्य समिति सदस्य वुद्धि जिसी, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, समाजसेवी जयराम सुवेदी, संस्थाका सल्लाहकार दानवहादुर केसि लगायतका व्यक्तिहरुले आआफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।
तस्बिर: तारा भुषाल
संस्थाका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षता र उपाध्यक्ष गंगा रायमाझीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सदस्य गणेश श्रीपालीले गर्नु भएको थियो । कार्यक्रममा गुल्मी अर्खावाङ्गका कलाकार मोहन थापा र सिता थापा, वाल कलाकारहरु प्रकृति भुसाल र सुरक्षा थापा, अर्जुन आवासीय उच्च माविका छात्रछात्राहरु, कालीदत्त गुल्म लगायतका कलाकारहरुवाट विभिन्न सांस्कृतिक झाँकिहरु समेत प्रस्तुत गरिएको थियो । सम्मान कार्यक्रममा जिल्ला स्थित राजनैतिक दल, सरकारी तथा गैह्र सरकारी संघ संस्था, उद्योगी, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग