Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै परिवारका तीन सदस्यको शव फेला

Published on 7:16:00 PM //


रमेश खतिवडा, दोलखा, असार ११- दोलखाको नाम्दु-२, स्थित गोपीखोलाको किनारमा एकै परिवारका ३ जनाको शव फेला परेको छ। गैरीमुदी-१, बस्ने ३५ वर्षीया बालकुमारी तमाङ, उनको ७ वर्षीय छोरा दावादोर्जे तमाङ र ३ वर्षीय निमा तमाङको शव फेला परेको हो। उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

घटनाबारे अनुसन्धान भइरहेको र मृतकहरुको शवलाई पोष्टमार्टमा लागि सदरमुकाम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी उमेशराज जोशीले जानकारी दिए।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग