Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलायतमा घन्कियो नौमती बाजा

Published on 10:46:00 PM //


धर्मराज अधिकारि
फार्नबरो । लण्डन ओलम्पिक नजिकिंदै गर्दा बेलायतभर यसको खुशीयालीमा विभिन्न कार्यक्रमहरु भइरहेका छन । यसै सन्दर्भ पारेर ह्याम्सायर काउन्टी काउन्सीलले एकैसाथ संगित भन्ने नाराका साथ एशियन म्युजिक फेस्टिबलको आयोजना गर्‍यो । सो म्युजिक फेस्टिबलमा प्रथम नौमती बाजा गुल्मी युके सहभागि भएको थियो । गुल्मी जिल्ला समाज युकेका अध्यक्ष ओमप्रसाद थापाको नेतृत्वमा सहभागि नौमती बाजा टिमले करिब पौने एक घण्टासम्म सहभागि भएका बेलायती दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा सहभागिहरुले नेपाली नौमती वाजासंगै छमछमी नाचेका गुल्मेली महिला तथा पुरुषहरुलाई रमाईलो मानी मानी हेरेका थिए । अन्य समुदाय तथा ब्याण्ड भन्दा पृथक देखिएको थियो नौमती वाजा समुह । नेपाली पोशाकमा ठांटिएर गएका समुहका सदस्यहरुले नेपाली र बेलायती राष्ट्रिय झण्डा बोकेका थिए । उनीहरुले बाजाको तालमा गितसहित समुहका महिला तथा पुरुष सदस्यहरुलाई नचाएका थिए । नेपाली परम्परागत विवाह समारोहमा जस्तै उनीहरुले नरसिंह, सनइ, टेम्को, दमाहा आदी बाजा बजाए ।
कार्यक्रमपछि बोल्दै गुल्मी जिल्ला समाजका अध्यक्ष ओमप्रसाद थापाले ओलम्पिक खेलको पूर्वसन्ध्यामा हयाम्सायरले आयोजना गरेको कार्यक्रममा नौमती वाजा युकेले सहभागिता जनाएको बताए । उनले ह्याम्सायर काउण्टीमा भएका विभिन्न ब्याण्डहरुसंगै नेपालीहरुको नेतृत्व गर्न गुल्मी समाज सफल भएको जानकारी दिए ।
बाजाका संयोजक टोप कल्लीले नेपाली पहिचान र संस्कृतिलाई बेलायती सामु पुर्‍याउन आफुहरुको प्रयास रहेको जानकारी दिए । उनले नेपाली पोषाक, झण्डा र बाजाकासाथ आफुहरु सहभागिभएको बताउंदै यसले नेपालमा सांस्कृतिक पर्यटनको विकासमा टेवा पुग्न सक्ने विश्वास लिए ।
काउण्टी काउन्सीलका कल्चरल संयोजक क्याभिन रोजर ले नेपाली ब्याण्डसंग सहकार्य गर्न पाउंदा खुशी लागेको बताए । लण्डन ओलम्पिक २०१२ लाई भव्य रुपमा सफल पार्न यसको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरीएको उनले जानकारी दिए । उनले यस कार्यक्रममा एशियाभरका विभिन्न देशका अलावा स्कुल तथा कलेजका ब्याण्डहरुपनि सहभागि भएको उल्लेख गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग