Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनेरास्वबियू गुल्मीको २२ औ जिल्ला सम्मेलनको तयारी पुरा

Published on 8:21:00 PM //


अनिल खत्री
गुल्मी, असार ७ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटी गुल्मी २२ औँ जिल्ला सम्मेलन यहि असार ८ र ९ गते आर्थत भोलि देखि गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थीत मदन आश्रीत स्मृति भवनमा सम्पन्न हुदै छ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको २२ औ सम्मेलन आयोजक कमिटी संयोजक ओम कार्कीले गुल्मीन्युज डट कमलाई जानकारी दिनु भएको छ ।
सम्मेलनका लागी गुल्मी जिल्लाका बिभिन्न माबि , उच्चमाबि ,क्याम्पस लगायतका शिक्षण संस्थाबाट करिब ३५० प्रतिनिधी तथा पर्यब्यक्षकले भाग लिने जनाइएको छ । सम्मेलनमा नेकपा एमाले जिल्ला स्तरीय नेता तथा अनेरास्वबियू का केन्द्रिय सचिवालय सदस्यहरुले सम्बोधन गर्ने बतइएको छ । सम्मेलनको भोलि उदघाटन हुने र भोलि बेलुकी देखि नै बन्द सत्र जारीभइ नया नेतृत्व चयन गदै सम्पन्न हुने २२ औ जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक ओम कार्कीले जानकारी दिनुभएको छ ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग