अपाङ्गलाई दया हैन अवसर देउ
Published on
8:28:00 PM //
जनार्दन घिमिरे
गुल्मी ७ असार । अपांगता भएका मानिसहरुलाई दया हैन अवसर प्रदान गर्न सकेमा मात्र अपांगता भएका व्यक्तिहरुको मनोवल वढ्न सक्ने आज सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रमका सहभागिहरुले वताएका छन् । स्थानीय शान्ति समिति गुल्मीले आज आयोजना गरेको "दृष्टि विहीन र अपांग मार्फत शान्तिकालागि चेतना अभिवृद्धि" वक्तृत्वकला कार्यक्रममा विभिन्न अपांगता भएका व्यक्तिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । दिगो शान्ति स्थापनाकालागि अपांगहरुको भुमिका महत्वपूर्ण हुने भन्दै सरकारले अपांगहरुलाई अवसर दिन सकेमा आफुहरुमा पनि सपांग सरह काम गर्न सक्ने क्षमता भएको वताए । उनीहरुले चेतना र अवशरको अभावमा कतिपय अपांगहरुले आफुभित्र रहेको प्रतिभाहरुलाई गुम्साएर राख्नु परेको भन्दै, गरिवी, अति विपन्नता, भौगोलीक विकटता र चेतनाको कमिका कारण अधिकांस अपांगहरु आफ्नो अधिकारको वारेमा अनविज्ञ रहेको वताएका थिए । वक्तृत्वकला कार्यक्रममा अपांगहरुको तर्फवाट आशा अपांग केन्द्रकि उपाध्यक्ष गंगा रायमाझी प्रथम, अपांग एकता समाजका अध्यक्ष घनवहादुर खड्का द्वितीय, नेपाल नेत्रहिन संघका सचिव रवि खरेल तृतीय र अनिल नेपाली सान्त्वना वनेका थिए ।
