Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरमा पसेको चितुवा १७ घण्टापछि नियन्त्रणमा

Published on 8:17:00 PM //


नरेन्द्र केसी । घोराही, असार ७ । दाङको धर्नास्थिते एक घरमा पसेको चितुवालाई १७ घण्टा पछि नियन्त्रणमा लिइएको छ । धर्ना २ नयाा बस्तीका निमबहादुर चौधरीको घरभित्र बुधवार बिहान ५ बजे पसेको चितुवालाई केन्द्रीय चिडियाखाना काठमाडौबाट आएको बन्य जन्तु संरक्षणको टोली राति नौ बजे नियन्त्रणमा लिन सफल भएको हो ।

१७ घण्टादेखी घरभित्र थुनिराखिएको चितुवालाई सुरक्षित रुपमा नियन्त्रणमा लिने उपकरण, बिधि र प्रक्रियाका बारेमा दाङबाट सम्भव नभएपछि केन्द्रीय टोली दाङ आएको हो । टोलीले लठ्याउने औषधी सहितको गोलीले बाघलाई प्रहार गरेर सुरक्षित रुपले नियन्त्रणमा लिएको र चिताुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा छाडिने दाङका जिल्ला बन अधिकृत अरुणशर्मा पौडेलले जानकारी दिनुभएको छ ।

चितुवा घरभित्र पसेर आक्रमण गर्दा निमबहादुरका १२ बर्षिय छोरा बलदेव घाइते भएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग