माईक्रोबस दुर्घटनामा १० जनाको मृत्यु
Published on
1:15:00 AM //
असार १२, डोटी । डोटीको छतिवन गाउं विकास समितिको रुवसकांडामा माईक्रोबस दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । डडेल्धुराबाट महेन्द्रनगर जांदै गरेको से १ ख ५०२ नम्बरको माइक्रोबस मंगलवार विहान दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाईते भएका छन् । मृतकमध्ये ८ जना पुरुष र २ जना महिला रहेका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । घाइते ६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
