Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुसिकोट गाविस पनि अब खुल्ला दिशा मुक्त क्षेत्र हुने

Published on 1:44:00 AM //


मनोज बस्नेत
गुल्मी, असार १२
गुल्मी जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान अनुसार जिल्लाका बिभीन्न गाविसहरुमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा अभियान चलिरहेका बेला मुसिकोट गाविसलाई पनि खुल्ला दिशा मुक्त गाविस घोषणाको लागी तयारी अहिले तिब्र रुपमा भईरहेको छ । जस अनुसार मंगलवार अझै सम्म साईफन समेत नपाएका घरधुरीमा शौचालय निमार्णको लागी साईफन सेट बितरण गरिएको छ । मुसीकोट गाविस कार्यालयको अनुदानमा खरीद गरिएका ६० थान साईफन सेट, ६० बोरा सिमेन्ट र  प्रतिसाईफन ३ मिटर पाईप गाविस भित्रका शौचालय बिहीन घर परिवारलाई बितरण गरिएको छ ।
Image: volunteeractionalliance.com
गत असार पहिलो हप्ता बसेको सर्वदलीय बैठकबाट मुसिकोट गाविस कार्यालयले शौचालय सामाग्री खरीद गर्नका लागी १ लाख ३५ हजार रुपैँया अनुदान दिने निर्णय गरेको थियो । आज साईफन सेट बितरण सगैँ मुसिकोट गाविसका सबै घरधुरीमा शौचालय निमार्ण हुने मुसिकोट सरसफाई कार्यक्रम समितिका सचिव प्र्रेम घिमिरेले जानकारी दिनुभयो । आउँदो असार २२ गते सम्म गाविसका सबै घर धुरीमा शौचालय निमार्ण गरिसक्न मुसिकोट सरसफाई कार्यक्रम समितिले निर्देशन दिएको छ । असार २२ पश्चात सबै घरधुरीमा शौचालय निमार्ण भए नभएको अनुमगन गर्ने र आउँदो साउनको पहिलो हप्ता सम्ममा गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेको सरसफाई कार्यक्रम समितिले जनाएको छ ।
वडा नागरीक मञ्च, बडा प्रतिनिधी तथा राजनितीक दलको समेत आज भएको साईफन बितरण कार्यमा उपिस्थती थियो । गाविसलाई सरसफाई तथा खुल्ला दिशा मुक्त क्षेत्र घोष्णा गर्न मुसिकोट गाविसमा क्रियाशील बिभीन्न सरकारी तथा गैरसरकारी सघंसस्थाहरुले सघाउँदै आएका छन् । जस अन्तरगत तुफान परिकल्पना युवा क्लबले गत मसिंर महिना देखि गाउँ टोल सरसफाई, डष्टबिन बितरण, शौचालय अनुगमन कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसैगरी गाविसमा गठित महिला विकास कार्यक्रम र सिर्जनशिल सामुदायिक सँस्थाले साईफन सेट बितरण गरेका छन् भने दलित तथा जनजाती साझा मञ्चले शौचालय बनाउन प्रयोग हुने अन्य सामाग्री बितरण गरिसकेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग