Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नायीका बिनिता बराललाई प्रहरिले बयान लियो, तारेखमा रिहा

Published on 8:08:00 PM //


केपी ढुंगाना/स्मृति ढुंगाना, काठमाडौं, असार ७ - यौनको विषयमा बनेको फिल्म चपली हाइटबाट चर्चामा आएकी हिरोइन विनिता बरालसहितका केही कलाकारसँग प्रहरीले बयान लिएको छ। यौन शोषण, धम्की र दुर्व्यवहारको आरोपमा ललितपुर प्रहरी परिसरले उनीलगायत दीक्पाल कार्कीलाई हिजो राति बयानका लागि नियन्त्रणमा लिएको थियो। विनितालाई आवश्यक पर्दा वोलाउने गरी छोडिदिएको छ । प्रहरी निरिक्षक अवधेष बिष्टले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
बयानपछि बाहिरिएकी विनिताले आफू निर्दोष रहेको प्रमाण चौकीमा ल्याउने बताएकी थिइन्।  आफ्नो फेसबुक स्टाटसमा भने विनिताले आफू प्रहरी हिरासतमा नरहेको दावी गरेकी छिन्। ९ जनाले विनिता र दिक्पालविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

गम्भीर अपराधको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दियो। हिरासतमै राखेर उनलाई अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चपली हाइटका हिरो राज घिमिरेको उजुरीका आधारमा दुबैलाई नियन्त्रणमा लिइएको हो।


एसएसपी राजेन्द्रमान श्रेष्ठले नागरिकन्युजसँग भने, 'हिजो विनिता र दीक्पाल कार्कीलाई ल्याएका हौं, अहिले कार्की हिरासतमै छन् भने बराल अनुसन्धानको दायरामा नै रहेकी छिन्।'

(नागरिक न्युज डट कमबाट साभार)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग