Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्घाखाँची टेलिभिजनले प्रसारण थालने

Published on 8:34:00 PM //


अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट सामुदायिक स्तरबाट जिल्लामै पहिलो पटक सामुदायिक अर्घाखाँची टेलिभिजन प्रालिले आफ्नो नियमित प्रसारणमा शुरु गर्ने भएको छ ।
कार्यकारी प्रमुख बासुदेब आचार्यका अनुसार नियमित प्रसारणमा मनोरन्जनात्मक कार्यक्रमको अलवा प्रत्येक घण्टामा समाचारका बुलेटिनहरु पनि प्रसारण गर्ने भएको छ ।
पहिलो पटक जिल्लामा शुरु गर्न लागिएको उक्त टेलिभिजन प्रसारणहरु अर्घाखाँची लगायत छिमेकी जिल्लामा पनि हेर्न सकिनेछ । समुदायिक अर्घाखाँची टेलिभिजन प्रालि र गुल्मीन्युज डट कमको सहकार्य गर्ने सहमती भएको छ र सोही अनुरुप उक्त टेलिभिजन र यसका कार्यक्रमहरु गुल्मीन्युज डट कम मार्फत पनि विश्वभरबाट हेर्न सकिनेछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग