Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राजा बिरेन्द्रको बंश नाशको ११ बर्ष पुरा

Published on 8:49:00 PM //


काठमाडौ, जेठ १९ । आज जेठ १९, तत्कालिन राजा विरेन्द्र शाहको बंशनाश हुने गरी दरवार हत्याकाण्ड भएको ११ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते भएको दरवार हत्याकाण्डमा राजा विरेन्द्र शाहको बंशनाश भएको थियो । शुक्रबारको रात्रि भोजमा भएको हत्याकाण्डमा तत्कालिन राजन विरेन्द्र, रानी ऐश्वर्य, युवराज, दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृति सहित ९ जनाको मृत्यु भएको थियो ।
नेपाली राजनीतिमा दरबार हत्याकाण्डलाई राजतन्त्रको अवसानको सुरुवातका रुपमा हेरिन्छ । घटनापछि गठित छानविन समितिले तत्कालिन युवराज दिपेन्द्रले हत्याकाण्ड घटाएको बताएपनि धेरैले त्यसलाई स्वीकार गरेका छैनन । नारायणहिटी दरबार संग्राहलय उद्घाटनका क्रममा तत्काल प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले हत्याकाण्डको पुनः छानविन गर्ने बताएपछि कार्यान्वयन हुन सकेन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग