Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमतीको योनीमा खुसार्नी छर्केर यातना दिने पक्राउ

Published on 11:46:00 PM //


रुपन्देही असार ७ । बुटबलका सुनचाँदी व्यापारी चन्द्रमान गहतराजले आफ्नै श्रीमतीलाई चरम यातना दिएका छन् । २६ बर्षिया श्रीमती अन्जु गहतराजलाई मंगलबार राती निर्घात कुटपिट गर्दै उनले योनीमा खुर्सानी दलेर चरम यातना दिएका हुन् । चन्द्रमानले मंगलबार रातभर मुड्कीले हिर्काउनुका साथै खुकुरीले योनीमा प्रहार गरी हत्याको प्रयास गरेको पिडितले बताएकी छन् ।

मानवअधिकार कर्मी र प्रहरीको सहायतामा बुधबार इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी अन्जुले रुदैँ भनिन् ‘म जे भन्छु त्यो मान्छेस् कि मान्दिनस् भन्दै रातभर कुट्नुभयो,’ उनका अनुसार परपुरुषसंग लागेको भन्दै चार पाँच जना बाहिरी अरु केटाहरुसँग पनि अवैध सम्पर्क गर्न दवाव दिँदै रातभरि कुटेका थिए ।

मंगलबार पनि मैले भनेको मान्छेस् कि मान्दिनस्, तेरो भिडियो खिचेर राख्छु भन्दै धम्की दिएर शरीरका विभिन्न ठाउँमा निलडाम हुनेगरी पिट्नुका साथै योनीमा खुर्सानी छर्केर काट्ने प्रयास गरेको उनले बताएकी छन् ।

पछि देवर र नन्द तथा छिमेकीलाई खबर गरेको अन्जुले बताईन । दुई सन्तानकी आमा रहेकी अन्जुको १० बर्ष अघि विवाह भएको थियो । चन्द्रमानको यो तेस्रो विवाह थियो । पहिलेकी श्रीमती भागेको तथा दोस्री श्रीमतीले जलेर आत्महत्या गरेपछि उनले तेस्रो विवाह गरेका हुन् ।

चन्द्रमानले मंगलबार रातभर कुटपिट गरेर खुकुरीले योनीमा प्रहार गरी हत्याको प्रयास र खुर्सानी दलेर यातना दिएको भन्दै पिडितले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग