Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विश्वका नेतासँग प्रधानमन्त्रीको भेट

Published on 7:41:00 PM //


दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिनका लागि ब्राजिलको रियो दि जेनेरियोमा   रहेका प्रधानमन्त्री डा बाबुराम भट्टराईले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् । 
प्रधामन्त्री डा भट्टराईले क्युबाका राष्ट्रपति राउल क्यास्ट्रो, टर्कीका प्रधामन्त्री रेसेप टाइप इर्डोभेनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भ्रमण दलमा सहभागी प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलका अनुसार सो अवसरमा प्रधानमन्त्री डा भट्टराई र क्युबाका राष्ट्रपति क्यास्ट्रो दुई देशबीच द्विपक्षीय सहकार्य र दुई देशको मित्रतालाई अझै प्रगाढ बनाउन सहमत भएका छन् । सो अवसरमा राष्ट्रपति क्यास्ट्रोले क्युबा भ्रमणको औपचारिक निम्तो प्रधानमन्त्री डा भट्टराईलाई दिएका छन् । 
त्यसैगरी टर्कीका प्रधानमन्त्रीसँगको भेटमा अल्पविकसित देशहरुको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै उनीहरुको आवाज विश्वसामु फैलाउन दुवै नेता सहमत भएका थिए । टर्की सरकार दुईपक्षीय सम्बन्धलाई प्राविधिक, आर्थिक र व्यापारिक सहकार्य विस्तार गर्न इच्छुक रहेको प्रधानमन्त्री भट्टराईले जानकारी दिए । 
इस्तानबुल सम्मेलनको अग्रसरता लिएकामा प्रधानमन्त्री भट्टराईले टर्किस सरकार र क्युबाका राष्ट्रपति क्यास्ट्रोलाई नेपालका तर्फबाट धन्यवाद दिए । 
यसैगरी पेरुका राष्ट्रपति ओलान्टा हुमलासँग भएको  भेटमा प्रधानमन्त्री डा भट्टरार्ईले हिमाली क्षेत्रको प्रवर्धनका लागि सहकार्य गर्न आग्रह गरेका छन् । सोही अवसरमा हुमलाले सो विषयमा अन्तर्राष्ट्रिय सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 
राष्ट्रपति हुमलाले दुई देशका विज्ञ र नेताहरुको  एक अर्का देशमा भ्रमण गराएर पर्वतीय विषयमा छलफल एवम् अन्तक्र्रिया गरी अनुभव आदानप्रदान गर्न प्रस्ताव गरेका थिए ।
कृष्ण सापकोटा/रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग