Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला फर्केर सभाषदले भने- ‘संविधान बनेन माफ पाउँ’

Published on 9:28:00 PM //


टेकनारायण भट्टराई,
पाल्पा, जेठ १८, विघटित संविधान सभाका सभासद कुल प्रसाद नेपालले पुरा संविधान नल्याए पनि आफूले अन्तरिम संविधान बोकेर ल्याएको सुनाए । गृहजिल्ला पाल्पामा बिहीबार पत्रकार सम्मेलन गरेर उनले अन्तरिम संविधान देखाउँदै पुरा संविधान ल्याउन नसकेकोमा क्षमा मागे । देशलाई गणतन्त्रमा लैजाने र शान्ति प्रकृया टुंग्याउनु उपलब्धि भएको उनले अथ्र्याए । नेपाल पाल्पा जिल्ला क्षेत्र नं ३ बाट संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए । पत्रकारले सभासद बनेपछि जिल्ला विर्सेको भनेर उनलाई अब चुनावमा उठ्ने विचार के छ ? भनेर सोधेका थिए ।

‘पाल्पाली जनताको कार्यादेश बमोजिम मैले संविधान बनाएर आउन सकिन क्षमा चाहान्छु’ उनले पत्रकार संग आग्रह गर्दै भने ‘मैले जनतासंग क्षमा मागेको कुरा तपाईहरुले सुनाईदिन पर् यो ।’ अल्पसंख्यक तथा शीमान्तकृत समुदायको हकहित संरक्षण समितिका सदस्य समेत रहेका एमाले सभासद नेपालले सभासदहरुलाई दिइएको जिम्मेवारी समयमै पुरा भएको तर शीर्ष नेताले काम अड्काएका बताए ।

‘११ वटा समिति मध्ये दोस्रो नम्बरमा प्रतिबेदन बुझाएको हाम्रै समिति हो’ उनले भने ‘समितिले काम गरेपनि नेताहरुले त्यसलाई अड्काए ।’ उनले संविधान सभा विघटन भएको दिन राष्ट्रवादी र लोकतान्त्रिक शक्तिको हार भएको बताए । म खाली हात आएँ माफ गर्नुहोला भन्दै उनले पत्रकारसंग पनि माफी मागेका थिए । निर्वाचित भएपछि जिल्लामा कमै आउने भन्दै गरिएको आलोचनामा उनले समय परिस्थितिले आउन नसकेको बताए । अबको चुनावमा उठ्ने इच्छालाई उनले नकारेनन् । पार्टीले गर्ने निर्णय अन्तिम हुने भन्दै आफू राजनीतिमै लागिरहने उनले बताए । परिवार काठमाडौंमै बस्ने भएकाले आफू बाध्यतावस उतै बस्नु परेको बताएका उनले जिल्लामा पनि सकेसम्म आउने बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग