Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सात वर्षदेखि पालेको दाह्री-कपाल शीर्ष नेतालाई उपहार

Published on 9:30:00 PM //


पर्वत, नयाँ संविधान निर्माणमा दबाब दिने उद्देश्यका साथ सात वर्षदेखि पालेको दाह्रीकपाल पर्वतका ६४ वषर्ीय वृद्धले बिहीबार खौरिएका छन् । संविधान बनाउन नसकेको विरोधमा खौरिएका दाह्रीकपाल शिवालय-४ का एकनारायण गिरीले दलका शीर्ष नेतालाई उपहार पठाएका हुन् ।
उनले आफूले पालेका दाह्रीकपालको औचित्य नभएको भन्दै खौरिएका हुन् । । जिल्लास्तरीय राजनीतिक दलमार्फत दाह्रीकपाल शीर्ष नेतालाई पठाएका गिरीले राजनीतिक दललाई सहमतिको राजनीति अँगाल्नसमेत आग्रह गरेका छन् ।
संविधानसभाको निर्वाचन भएलगत्तै ०६३ सालबाट गिरीले सांकेतिक रूपमा दबाब दिने उद्देश्यका साथ दाह्रीकपाल पालेका थिए । आफूले दबाब सिर्जना गरे पनि राजनीतिक दलहरू आन्तरिक द्वन्द्वमा फसेर नेपाली राष्ट्रलाई झनै असफलताको सूचीतर्फ उन्मुख गराएको गुनासो उनले गरे ।
गिरीले बिहीबार पत्रकार सम्मेलन गरेर दाह्री कपाल फालेका छन् । दाह्रीकपाल फाल्ने क्रममा उनले भने, 'सपनाहरू सबै हुरीले उडाएका छन्, देश र जनतालाई धोका भएको छ ।' उनले राजनीतिक दलहरूले आफ्नो अडानलाई अनावश्यक रूपमा जारी राख्दा जननिर्वाचित संविधानसभा विघटन भएको बताए ।
गिरीले भने, 'मैले सात वर्षदेखि दाह्रीकपाल पालेर दबाब सिर्जना गरेँ, त्यसको कुनै औचित्य भएन, अब म फालेर पनि दलहरूलाई दबाब दिन्छुु र मुलुक र मुलुकबासीका हितमा अघि बढ्न राजनीतिक दलहरूलाई आग्रह गर्छु ।' दलगत र व्यक्तिगत स्वार्थका कारण मुलुक अन्धकारमा धकेलिएको उनको दुखेसो छ । नयाँ पत्रीका दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग