Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सकियो सरसफाई सप्ताह

Published on 11:41:00 PM //


मनोज बस्नेत
गुल्मी, जेष्ठ २९ एक घर एक चर्पी, नजिकैमा धारा, खुल्ला दिशा मुक्त देश बनाउँ, लागि परौँ सारा भन्ने नाराका साथ गत जेठ २३ गते देखि देशैभर एकै साथ सुरु भएको १३ औं राष्ट्रिय सरसफाई सप्ताह आज बाट सकिएको छ । सरकारी पहलमा सञ्चालन भएको सप्ताहमा सरसफाई, सरसफाई सम्बन्धी बिभीन्न प्रतियोगिता, फोटो प्रदशनी, सन्देश प्रवाह जस्ता सरसफाई सम्बन्धी चेतना जगाउने खालका कार्यक्रमहरु देशैभर सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाई डिभीजन कार्यालय गुल्मीको आयोजना र खानेपानि तथा सरसफाई उपभोत्ता महासघं गुल्मीको सयोंजनमा गुल्मी जिल्लामा सुरु भएको सप्ताह पनि  सम्पन्न भएको छ ।

जेष्ठ २३ गते तम्घासमा ¥याली सगैँ जिल्लाको पर्यटकिय एवं धार्मिक क्षेत्र रेसुङ्गाको पोखरी देखि यज्ञशाला परिसरको सरसफाई गरि गुल्मी जिल्लामा सुरु भएको सरसफाई सप्ताह जिविस हलमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो । सप्ताह अन्तरगत २५ गते देखि सुरु माध्यामिक बिद्यालय स्तरीय सरसफाई सम्बन्धी निबन्ध लेखन र बाचन प्रतियोगिताका उत्कृष्ट स्थान प्राप्त गर्ने प्रतियोगी बिद्यार्थीहरुलाई आजै पुरस्कृत गरिएको छ । प्रतियोगितामा अर्जुन आवाशिय उच्च माबि तम्घासका अनुषा गौतम प्रथम, महेन्द्र उच्च माविका हार्दिक खनाल द्धितीय, सिद्धबाबा उच्च माविका अमृत गौतम तृतिय त्यसैगरी अर्जुन आवाशिय उच्च माविका बिराट पन्थी सान्तवना भएका छन् ।

सप्ताहको समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी गोविन्द्र प्रसाद अर्यालले अहिलेको २१ औं शताब्दीमा पनि चर्पी निमार्ण गरौं, हात धोऔं भन्दै हिड्नुले नेपाली समाज कहाँ सम्म पछाडी छ भन्ने स्पष्ट हुने बताउनुभयो । खानेपानि तथा सरसफाई उपभोक्ता महासघं गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षता रहेको कार्यक्रममा खानेपानी तथा सरसफाई डिभीजन कार्यलयका डिभीजन प्रमुख नारायण प्रसाद काफ्ले, रेशुङ्गा बहुमुखी क्याम्पस तम्घासका पुर्व क्याम्पस प्रमुख दिन पन्थी लगाएतले मन्तव्य राख्नुभएको थियो ।

समापनमा बिभीन्न राजनितीक दलका प्रतिनीधी, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधी, पत्रकार, निबन्ध लेखनमा उत्कृष्ट हुने बिद्यार्थीहरु लगाएतको उपस्थिती रहेको थियो । खानेपानी तथा सरसफाई उपभोक्ता महासघंका सदस्य बिष्णु प्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन खानेपानी तथा सरसफाई डिभीजन कार्यलयका सिनीयर टेक्निसियन माधव प्रसाद पाण्डेले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग