Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नायिका जेसिका खड्काले आत्महत्या गरिन्

Published on 11:54:00 AM //


नायिका जेसिका खडकाले २९ जेठ राति आत्महत्या गरेकी छिन् । ६ वर्षअघि गायक प्रका ओझासँग एमएमएस काण्डमा मुछिएकी उनी पछिल्लो समयमा नेपाली फिल्म क्षेत्रमा ब्यस्त थिइन् । फिल्म क्षेत्रमा प्रवेश गरेपछि ज्योतिबाट जेसीका बनेकी उनले आधा दर्जन नेपाली फिल्ममा काम गरिसकेकी थिइन् ।
विगतलाई भुलेर नयाँ आत्म विश्वासकासाथ कला क्षेत्रमा सक्रिय उनले राजधानीको न्युरोड नजिकै, झोँछेस्थित डेरामा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। डेरामा एक्लै रहदै आएकी जेसीकाले राती आत्महत्या गरेपनि प्रहरीले विहान साढे ६ बजे मात्र थाहा पाएको थियो । आत्महत्याको कारण खुल्न नसकेपनि प्रहरीले नायिका खडकासँग राती २ बजे मोबाइलमा कुरा गर्ने बालदिप राई नामक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनले अभिनय गरेको जंगल क्विन २ नामक फिल्म प्रर्दशनको तयारीमा रहेको छ। पछिल्लो समयमा जेसीका निर्माता निर्देशक बाबु बलामीका फिल्महरुमा ब्यस्त थिइन् । जंगल क्विन फिल्म बनाउने बलामीले निर्माण गर्ने भनिएको लक्की सेभेन सहित अन्य केहि फिल्ममा समेत ज्योतिलाई नै लिइएको बताईएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग