Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सोलारले बनायो उज्यालो मुख

Published on 2:25:00 PM //


पि.एम.मगर
गुल्मी, जेठ २०, घरमा टुकीसम्म बाल्न नसकिरहेका गुल्मी मर्भुङ गाविसका विपन्न एक दर्जन भन्दा बढी घरपरिवारले अबदेखि घरमा सोलार बत्ती बाल्ने भएका छन्।
मर्भुङ गाविसका १३ घरधुरी विपन्न वर्गलाई मदाने संरक्षित वनको वैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत निशुल्क सोलार प्रदान गरेपछि उनीहरुले घरमा विद्युत बाल्न पाएका हुन्। प्रति व्याक्ति सोलार मुल्य १५ हजार ५ सय का दरले कुल २ लाख मुल्य बराबरको सोलार जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले एक समारोहका विच प्रदान गरेका छन्।
मदाने संरक्षित वन अन्तर्गत मालिका सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको सोलार वितरण कार्यक्रम कार्यक्रममा मदाने संरक्षित वनका प्रवन्धक प्रशुराम पोखरेलले मर्भुङ गाविसका अति विपन्न परिवारलाई छनौट गरी १३ घरलाई सोलारको उज्यालो दिन सकिएको बताए। सोलारबाट बत्ती बाल्ने १३ घरधुरी अधिकाँश दलित र अति विपन्न परिवार रहेका छन्। कतिपयको बस्ने वास वाहेक सम्पत्ती नभएको र कतिपय सुकुम्वासी समेत रहेका छन्। हालसम्म विद्युत पुग्न नसकेको मर्भुङ गाविसमा अन्य सम्पन्न परिवारले व्याक्तिगत रुपमा सोलार बत्ती प्रयोग गर्दै आएपनि अधिकाँश गरिव तथा विपन्न परिवार भने अध्यारोमा बस्न बाध्य भएका छन्। सोलार पाएपछि आफुहरु पनि उज्यालोमा बस्न पाउने ख्याउटे परिवारले खुशी व्यक्त गरे। जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले त्यहाँका विपन्न परिवारलाई सोलार हस्तान्तरण गर्दै सामुदायिक वन जोगाउँदा त्यसबाट समुदायलाई फाईदा हुने भएकोले त्यसको संरक्षणमा जुट्न स्थानीयवासीलाई आग्रह गरेका थिए। सोलार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष प्रेम सुनार, सञ्चारिका समुहकी अञ्चल सदस्य गगनशिला खड्का लगायतको टोली जिल्लाबाट पुगेको थियो।
कार्यक्रममा जिल्ला वन कार्यालयका रेञ्जर कमलराज अर्याल, फरेष्टर कृष्णराज अर्याल, वन रक्षक छवि अर्याल, ग्रामिण सहजकर्ता टोपलाल पौडेल, स्थानीय समाजसेवी हिमालय केसी, खड्ग निम्न माध्यमिक विद्यालय मर्भुङ मैदानका शिक्षक खेमराज अर्याल लगायतले जिल्ला वन कार्यालयले त्यहाँका विपन्नलाई सोलार प्रदान गरेर उज्यालोमा बाँच्न दिएको सुविधाप्रति आभार प्रकट गरेका थिए। मालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अनबहादुर जिसीको अध्यक्षतामा सम्पन्न सोलार वितरण कार्यक्रममा समितिका उपाध्यक्ष बोटबहादुर विश्वकर्माको स्वागत मन्तव्य र खड्ग निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज अर्यालको सञ्चालन रहेको थियो। कार्यक्रममा स्थानीय परियार समुदायले बाजागाजाबाट जिल्लाबाट गएको टोलीलाई स्वागत गर्दै मर्भुङमा अधिकाँश दलित समुदाय आर्थिक तथा शैक्षिकरुपले पछाडी पर्नुका साथै त्यहाँका अन्य समुदाय समेत विकासबाट पछाडी परेको गुनासो राख्दै जिल्ला स्तरीय राजनीतिक दलको ध्यानाकृष्ट गराएका थिए।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग