Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पारसले थाईल्याण्डमा बनाए नयाँ गर्लफ्रेण्ड

Published on 2:11:00 PM //


२१ जेठ, काठमाण्डौं । पूर्वयुवराज पारस शाह थाइल्यान्डकी एक युवतीको गहिरो प्रेममा परेका छन् । तीन छोराछोरीका बाबु पारसले थाई प्रेमिकाकै कारण तीन महिनादेखि परिवारसितको सम्पर्कसमेत टुटाएका छन् ।

निर्मलनिवास स्रोतका अनुसार पारस बैंककमा थाई प्रेमिकासित नै बस्ने गरेका छन् । केही समयअघि श्रीमती हिमानी बैंकक पुग्दासमेत उनी सम्पर्कमा आएनन् । करिब एक साता बैंकक बस्दासमेत पारस सम्पर्कमा नआएपछि उनी निराश भएर काठमाडौं फर्केकी थिइन् ।

डेढ वर्षअघिदेखि पारस बैंककमा बस्न थालेका हुन् । उनले छोरीहरू पूर्णिका र कृतिकाका साथै छोरा हृदयेन्द्रलाई पनि पढाउन उतै लगेका थिए । सुरु–सुरुमा काठमाडौं आउने–जाने गरे पनि १० महिनादेखि भने पारस काठमाण्डौं  आएकै छैनन् । तीन महिनादेखि त उनी बुबा ज्ञानेन्द्र, आमा कोमल र श्रीमती हिमानीको फोन सम्पर्कमा समेत आएका छैनन् । उनले आफूले प्रयोग गर्ने गरेको थाइल्यान्डको मोबाइल नम्बरसमेत परिवर्तन गरेको खबर आजको सौर्य दैनिकले छापेको छ ।

स्रोतका अनुसार पारसका साथीहरूले निर्मलनिवासमा खबर पुग्नेगरी उनी थाई युवतीको प्रेममा फसेको जानकारी गराएका छन् । विगतमा एकपटक ती युवती पारसको निम्तोमा काठमाडौंसमेत आएकी थिइन् । ती युवती निकै सुन्दरी भएको पारसनिकट स्रोतको भनाइ छ । पारस काठमाडौंमा हुँदा पनि एक नेपाली युवतीले उनलाई निकै मन पराउने गरेको पारसका एक सहकर्मीले बताए ।

थाई प्रेमिकाकै कारण पारस काठमाडौं आउन छाडेको स्रोतको दाबी छ । सुरुमा बैंककमा छोराछोरीसँगै बस्ने गरेका उनीपछि प्रेमिकासँगै बस्ने गरेका थिए । क्रमश: उनले परिवारसितको सम्पर्कसमेत टुटाएका छन् ।

पारसले छोराछोरीको ख्याल गर्नसमेत छाडेपछि केही समयअघि हिमानी बैंकक पुगेकी थिइन् । एक साता बस्दासमेत पारस उनको सम्पर्कमा नआए पछि पारसलार्इ नभेटी उनी छोराछोरीलाई लिएर काठमाडौं फर्किएकी थिर्इन् ।
अन्लाईनखबर डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग