Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुर्मुस र माग्ने बुढाको झगडाले मेरी बास्सै बन्द हुने अवस्थामा !

Published on 12:54:00 AM //


सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाडौं, जेठ २१ - नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृखंला मेरी बास्सै संकटमा परेको छ । मेरी बास्सैका निर्देशकद्वय सिताराम कट्टेल धुर्मुस र केदार घिमिरे माग्ने बुढाबीच विवाद चुलिएपछि मेरी बास्सैको सुटिङ्ग नै रोकिएको छ ।

३ हप्तादेखि मेरी बास्सैको नयाँ सुटिङ्ग हुन सकेको छैन । त्यसैले प्रत्येक शनिवार राति पौने नौ बजे प्रसारण हुने मेरी बास्सैमा  पछिल्ला ३ वटा भाग पुरानै दोहोर्‍याएको छ । माग्ने बुढा र धुर्मुसबीच आफू आफूमा पनि प्रतिस्पर्धा भएको छ । त्यसैले धुर्मुश आफै नै धेरै भूमिकामा देखिन थालेका छन भने माग्ने बुढाले पनि विल्सनविक्रम राई तोक्मे बुढालाई राखेका छन् ।

आन्तरिक झगडाकै कारण यी २ ले एउटै हास्य श्रृखला पनि विगत केही बर्षदेखि छुट्टाछुट्टै सुटिङ्ग गर्दै आएका थिए । तर सिताराम कट्टेल अर्थात धुर्मुसले भने लगातारको हडताल र व्यस्तताले नयाँ श्रृखला सुटिङ्ग गर्न नपाएकोले पुरानै श्रृखला दोहोर्‍याएको बताए ।
तर नेपाल टेलिभिजनसँग समय किनेर मेरी बास्सै कार्यक्रम प्रस्तुत गर्दै आएको विज्ञापन एजेन्सी मिडिया हवले भने धुर्मुस र माग्ने बुढाबीचको विवादले कार्यक्रम बन्द हुने स्थितीमा आएको जनाएको छ ।

मिडिया हवका एक कर्मचारीका अनुसार शनिवार माग्ने बुढा र धुर्मुसबीच ठुलो झगडा भयो अनि कार्यक्रम पुरानै देखाउन भनेकाले त्यसो गरिएको हो । उनका अनुसार असार महिनासम्म नै मेरी बास्सैका पुरानै भाग देखाइने छ ।

साउनदेखि नयाँ आर्थिक वर्ष लाग्ने र नेपाल टेलिभिजनसँग नयाँ सम्झौता गर्नु पर्ने भएकाले मिडिया हब मेरी बास्सैलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णयमा भने पुगिसकेको छैन । नेपाल टेलिभिजनले पनि साउनदेखिका लागि टेलि श्रृखला प्रशारणका लागि नयाँ टेण्डर आह्वान गरिसकेको छ ।
माग्ने बुढा र धुर्मुसले भने एक्ला एक्लै नयाँ हास्य श्रृखला निर्माण गर्ने तयारी गरिरहेको मेरी बास्सैका एक कलाकारले जानकारी दिए ।

साभार:उज्यालो

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग