Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नायिका ऋचा घिमिरेले छोरो जन्माईन

Published on 8:58:00 PM //


काठमाडौं, असार ११ - नायिका ऋचा घिमिरेले छोरा जन्माएकी छिन् । चलचित्र निर्देशक शंकर घिमिरेकी पत्नी ऋचाले आइतवार ओम अस्पतालमा अप्रेसन मार्फत छोरा जन्माएकी हुन् । शंकरले सोमवार विहानै छोरा र पत्नी ऋचासँगको संयुक्त फोटो समेत फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

फोटोको क्याप्सनमा शंकरले लेखेका छन् ‘माई कालु, मेरो छोरा र म...ह्यापी |’
बच्चाको तौल ३ किलो ७ सय ग्राम रहेको र उसको अवस्था पनि सामान्य रहेका अस्पतालले जनाएको छ । ऋचाको सामान्य अप्रेसन गर्नु परेको र उनको पनि अवस्था सामान्य रहेको अस्पतालको भनाई छ ।  डाक्टरले ऋचालाई डेलिभरीका लागि असार २४ गतेको मिति तोकेका भए पछि ऋचाले डाक्टरले दिएको समयभन्दा १४ दिन अघि नै छोरा पाएकी हुन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग