Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टनब्रिज कार्निभलमा नौमती बाजा गुल्मी यूके प्रथम

Published on 2:37:00 AM //


टनब्रिज कार्निभल २०१२ मा प्रथम नौमती बाजा गुल्मी यूकेले पहिलो स्थान हासिल गरेको छ । गत जुन १० तारिखका दिन लण्डनको टनब्रिजमा सम्पन्न कार्यक्रममा नौमती बाजा अन्य थुप्रै ब्याण्डहरुलाई पछी पार्दै उत्कृष्ट ठहरिएको हो । ब्रिटिश लिजेण्ड र टनब्रिज नेप्लिज कमिटी सँगको सहकार्यमा प्रथम नौमती बाजा यूकेले दशौं' हजार दर्शक माझ टनब्रिज शहर गुन्जायमान बनाएको प्रथम नौमती बाजाका संयोजक तथा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष ओम प्रसाद थापाले गुल्मीन्युज डट कमलाई जानकारी दिनुभयो ।  कार्यक्रम मार्फतै प्रथम नौमती बाजा यूकेले हेल्प फर हिरोज नामक सँस्थाको लागि आर्थिक सहयोग समेत संकलन गरेर उक्त सँस्थाको प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको थियो ।
केही दिन अघी मात्र प्रथम नौमती बाजा यूकेले बेलायती महारानीकी हिरक जयन्तीमा बिभिन्न ब्याण्ड र परेड अन्तर्गत द्वितिय स्थान हासिल गरेको थियो ।    

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग