Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज युकेको सहयोगको कदर गर्दै सम्मान कार्यक्रम

Published on 2:35:00 AM //

आशा अपाङ्ग केन्द्र गुल्मीले आज शनिबार गुल्मी समाज यूकेको सम्मानमा एक कार्यक्रम आयोजना गर्दै छ । बिभिन्न समयमा समाजले आशा अपाङ्ग केद्र, गुल्मीलाई पुर्याएको आर्थिक तथा भौतिक सहयोगको कदर गर्दै कार्यक्रम आयोजना गर्न लागिएको हो । बिहान ११:३० बजे तम्घास स्थित बाल मन्दिरमा आयोजना हुने कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष दुर्गा पाण्डेले सहभागीता जनाउने समाजका अध्यक्ष ओम प्रसाद थापाले गुल्मीन्युज डट कमलाई जानकारी गराउनुभयो । समाजले गत वर्ष अपाङ्ग दिवसको अवसरमा च्यारिटी कार्यक्रम गरेर करिब १५ लाख रुपियाँ सङ्कलन गरी आशा अपाङ्ग केन्द्र, गुल्मीलाई प्रदान गरेको थियो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग