Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमती माइत गएको बेला छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

Published on 11:55:00 PM //

नेपालगन्ज, जेठ २२ । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाँके कचनापुरका चेतलाल बोहरालाई प्रहरीले पक्राउ गरेको छ । माइत गएकी बोहराकी श्रीमती आइतवार घर फर्केपछि बलात्कृत छोरीले घटनाबारे आमालाई बताएकी थिईन् ।

श्रीमान श्रीमतीबीचको झगडा मिलाउन सोमवार छलफल भइरहेको अवस्थामा गाउलेहरुले बलत्कारको घटना थाहपाएपछि प्रहरीचौकी ढकेरीमा उजुरी गरेका थिए । गाउँलेको उजुरीपछि प्रहरीले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोग लागेका बोहरालाई प्रहरीले पक्राउ गरेको हो । बोहराले १५ वर्षिया आफ्नी छोरीलाई जेठ १९ गते घरमै जवरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक उदय तामाङ्गले सोमवार जानकारी दिए ।

दाङ्ग-रुकुम चल्ने बसका चालक समेत रहेका बोहराले घरमा श्रीमती नभएको मौकामा छोरीलाई धम्क्याएर बलत्कार गरेको उजुरी प्रहरीकोमा परेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बोहरालाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग