Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गच्छदार विरुद्ध मानहानीको मुद्दा

Published on 11:52:00 PM //


काठमाडौ, जेठ २२ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ नेता शरदसिह भण्डारीले आफ्नै पार्टी अध्यक्ष विजय गच्छदार विरुद्ध अदालतमा मानहानीको मुद्दा दायर गरेका छन् ।
भण्डारीले पार्टीले आफूलाई लिखित स्पष्टिकरण सोध्नु पर्नेमा सार्वजनिक सन्चारमाध्यम गोरखापत्रमा स्पष्टिकरण प्रकाशित गरेर आफ्नो मान मर्दन गरेको भन्दै गच्छदार विरुद्ध मानहानीको मुद्दा दायर गरेका हुन ।
त्यस्तै भण्डारीले आफूलाई स्पष्टिकरण सोध्ने अधिकार केन्द्रीय समितिको मात्र भएकोमा अबैद्य रुपमा अनुशासन समितिले स्पष्टिकरण सोधेको भन्दै त्यसलाई अबैद्य घोषणा गर्न समेत उनले माग गरेका छन् ।
त्यसैगरी पार्टीले आफू विरुद्ध र त्यससँग सम्बन्धीत अन्य निर्णय अबैद्य रुपमा गरेको भन्दै भण्डारीले त्यस विरुद्ध स्टे अर्डर माग गर्दै अर्को रिट समेत दायर गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग