Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास–रेसुङ्गा नियमित जिप सञ्चालन

Published on 12:16:00 AM //


विष्णु पौडेल
गुल्मी जिल्लाकै गौरवको रुपमा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगामा तम्घासबाट आईतवारदेखि दैनिक जिप सेवा संचालन भएको छ । गुल्मी यातायात व्यवसायी संघको सहयोगमा आईतवारदेखि जिप सेवा संचालन भएको हो ।
गुल्मी सदरमुकाम तम्घासवाट पहिलोपटक नियमित जीप सेवा सञ्चालन भएकोपछि जिल्ला स्थित राजनितीक दल, जिविसका कर्मचारी, पत्रकार लगायतले आज रेसुङ्गाको भ्रमण समेत गरेका थिए ।
विहिवार जिल्ला विकास समितिको आयोजनामा जिविसमा भएको सर्वपक्षिय बैठकबाट आजदेखि नियमित जिप सेवा सञ्चालन गर्ने निर्यण भएको थियो । सदरमुकाम तम्घासको लाँकुरीमञ्जवाट जीप विहान ७ बजे देखि छुट्ने र सोही जिप ११ बजे रेसुंगा पोखरीबाट तम्घास फर्कने गरी व्यवस्था मिलाईएको स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीले बताउनु भयो ।
जिपको एकतर्फी भाडा ६० रुपैँया कायम गरीएको छ । प्रशस्त संभावना वोकेको गुल्मी जिल्लाकै धरोहरका रुपमा रेसुङ्गा क्षेत्रमा यातायातका साधन नियमित रुपमा सञ्चालन नहुँदा दर्शनका लागी जाने भक्तजन तथा पर्यटकहरुलाई समस्या भएको थियो । पर्याप्त प्रचारप्रसारको अभाव तथा सम्वन्धित निकायको ध्यान नपुग्दा रेसुङ्गा क्षेत्र ओझेलमा परेको छ । जैविक विविधताले तथा सुन्दर दृश्यावालोक गर्न सकिने रेसुङ्गामा प्रत्येक वर्ष साउन महिनाभर विशेष मेला लाग्ने गर्दछ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग