युवा सुधार्ने प्रहरीको अभियान, पाठ्यक्रममा सामग्री समाबेश गर्न माग
Published on
9:31:00 PM //
गगनशिला खड्का
गुल्मी ६ असार । गुल्मी जिल्लामा बढ्दो अपराध नियन्त्रण गर्नका लागी जिल्ला प्रहरी कार्यलय गुल्मीले सञ्चालन गरेको अभियानमा समाबेश गरिएका सामग्री पाठ्यक्रममा राख्न गुल्मीका सरोकारवालाहरुले माग गरेका छन । पछिल्लो समयमा लागुऔषध, दुर्व्यासनी लगाएतका कुलतमा फस्ने युवाहरुको सख्या बढेकाले त्यसलाई जनचेतनाको माध्यमबाट न्युनीकरण गर्ने उदेश्यले प्रहरीले शुरु गरेको प्रहरी—युवा कार्यक्रममा राखीएका विषयबस्तुहरु माध्यमिक तहको पाठ्क्रममा समाबेश गर्न माग गरेका हुन । जिल्ला प्रहरी कार्यलय गुल्मीले पछिल्लो पटक गुल्मी जिल्लामा रहेका उच्च माध्यमिक विधालय र क्याम्पसमा अध्यनरत विधार्थीहरुलाई केन्द्रीत गरी प्रहरी युवा सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रहरी,क्याम्पसमा अध्ययनरत विधार्थी र युवाहरुको विचमा राम्रो समन्ध स्थापीत गर्ने उदेश्यले सञ्चालन गरिएको कार्यक्रमले विधार्थी,शिक्षक र अभिभावकलाई प्रहरीसंग सहकार्य गर्न सहयोग पुग्ने जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताए । उनले भने—“यो भनेको हाम्रो, विधार्थी, युवा र अभिभाबकको समन्ध नजिक होस र समाजमा हुने विकृती नियन्त्रणमा सहयोग पुगोस भन्ने उदेश्य रहेको छ ।”

प्रहरीले शुरु गरेको अपराध नियन्त्रण समन्धी शिक्षा अभियान गुल्मी जिल्लामा प्रभाबकारी भएको भन्दै अभियानका रुपमा सञ्चालनमा ल्याईएका विषयबस्तुहरु गुल्मी जिल्लाका सबै माध्यमिक विधालयहरुमा पाठ्यक्रमकै रुपमा पढाउन शुरु गर्नुपर्ने रेसुङ्गा बहुमुखी क्याम्पसका प्रध्यापक दिन पन्थीको भनाई छ । उनले प्रहरीले शुरु गरेको विकृती र अपराध नियन्त्रण समन्धी शिक्षा अब गुल्मीका सम्पुर्ण विधालयहरुले पढउन आबश्यक रहेको बताए । उनले भने—“यो शिक्षा एकमदै सराहनिय छ,यसलाई अब उच्च माबी र क्याम्पसमा मात्र सिमित नगराई माध्यमिक विधालयहरुमा समेत पाठ्यक्रममै राख्नुपर्दछ । यस्तै रेसुङ्गा सामुदायिक सेवा समाज गुल्मीका अध्यक्ष हरी कुमार श्रेष्ठले अहिलेका युवायुवतीहरुमा सामाजिक जिम्मेवारी भन्दा पनि व्यक्तीगत रुची बढ्दै गएको बताए । उनले विधालय तहमा अध्यनरत विधार्थीहरुको ध्यान पढ्न लेख्न भन्दा पनि मोवाईल फोन र च्याटमा गएको बताए ।

नेपालले समाजमा हुने हरेक गतिविधीहरुमा युवाहरुको सहभागीता हुने र समाजलाई सही दिशा तर्फ लैजान पनि युवाहरुको महत्वपुर्ण भुमीका भएको बताए । उनले भने “समाजमा भईरहेको प्रायःसबै गतिविधीमा युवाहरुको संलग्नता हुन्छ, त्यसैले सामाजिक विकृती नियन्त्रण गर्न युवाहरुको सहयोग भयो भने सम्भब हुन्छ ।” नेपालले गुल्मी जिल्लामा शुरु भएको प्रहरी-युवा साझेदारी कार्यक्रम प्रभाबकारी भएमा नेपालकै शिक्षा प्रणाली सुधार गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी,प्राध्यापक अनन्त अर्याल,रेसुङ्गा सामुदायिक सेवा समाजका अध्यक्ष हरी कुमार श्रेष्ठ,सञ्चारीका समुहका अञ्चल सदस्य गगनशिला खड्का, रेसुङ्गा बहुमुखी क्याम्पसका स्वीयु सभापती ज्ञान बहादुर महतारा लगाएतले प्रहरीले शुरु गरेको प्रहरी—युवा सम्पर्क कार्यक्रम स्वागतयोग्य भएको भन्दै सफलताको लागी शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।