Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राजसँस्था फर्किसकेको कमल थापाको दाबी

Published on 7:12:00 PM //



काठमाडौ, जेठ २५ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले
 संविधानसभाको विघठनपछि संविधानसभाको पहिलो बैठक देखि जेठ १४ गतेसम्मका सबै निर्णय शुन्य भईसकेकोले बैधानिक रुपमा मुलुकमा राजसंस्था फर्किसकेको दावी गरे । थापाले बिहीवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उक्त कुरा बताएका हुन ।

साक्षात्कारमा उनले भने–संविधानसभा नै बिघठन भईसकेपछि त्यसको पहिलो बैठक देखि अहिलेसम्म भएका सबै निर्णय शुन्य भईसके । संविधानसभाको पहिलो बैठकले राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापनाको निर्णय गरेकोले त्यो निर्णय पनि संविधानसभाको अवसान सँगै समाप्त भयो ।

पूर्व राजा ज्ञानेन्द्रले मुलुकको पछिल्लो अवस्थाको गंभिरता पूर्वक अध्ययन गरिरहेको भन्दै उनले राजा जनताको भावनाको पर्खाईमा रहेको बताए ।
उनले मुलुक अहिले संविधानसभाको निर्वाचन अघिको अवस्थामा पुगेको भन्दै नेपालले गणतन्त्र धान्न सक्दैन भन्ने प्रमाणित भएको ठोकुवा गरे ।
संबैधानिक र राजनैतिक कुनै पनि आधारमा संविधानसभा अब पुर्नस्थापना हुन नसक्ने ठोकुवा गर्दै थापाले संविधानसभाको पुर्नस्थापना जस्तो गैर जिम्मेवारी, अप्रजातान्त्रिक र जनविरोधी काम अरु केही नहुने दावी गरे । उनले भने–संविधानसभाको पुर्नस्थापनाको कारण फेरि जागिर खाने बाहेक केही पनि हुन सक्दैन । राष्ट्रपतिले पनि पुर्नस्थापना गर्न सक्दैनन ।

काग्रेस र एमालेले मुलुकमा सर्वसत्ताबादको डर देखाएर प्रजातन्त्रको खोलमा फेरि अर्को अधिनायकबाद लाद्न गुटबन्दी गरेको दावी गर्दै उनले राजासहितको प्रजातन्त्र र हिन्दुत्वको जगमा मात्रै सर्वसत्ताबादलाई पराजित गर्न सकिने विश्वास ब्यक्त गरे ।

प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष थापाले सर्वोच्च अदालतका बहालबाला वा पूर्व प्रधानन्यायाधिसको नेतृत्वमा नागरिक समाजको सहभागितामा सर्वपक्षीय चुनावी सरकार गठन गर्न माग गरे ।

उनले भने– मुलुकमा निर्वाचनको विकल्प छैन । चुनावको बातावरण निर्माणकोलागी सर्वपक्षीय सरकार बनाउनु पर्छ । आयोगबाट संविधान निर्माण र संविधानसभा पुर्नस्थापनाको कुरा गैरसबैधानिक, गैरजिम्मेवार र प्रजातन्त्र विरोधी काम हो । यो प्रजातन्त्रलाई असफल बनाउने षडयन्त्र हो ।
प्रमुख दलहरुले संविधानसभाको विघठन पछि फेरि पनि सहमतिको विकल्प छैन भनेर भन्नु चरम राजनैतिक अस्लिलता भएको दावी गर्दै थापाले भने – चार चार वर्ष सम्म सहमति गर्न नसक्ने अनि फेरि सहमतिको कुरा गर्नु हास्यास्पद छ । चार दलीय सेण्किेटबाट अब मुलुकले निकास पाउँदैन । अब पनि सहमतिको कुरा जनता ढग्ने कुरा मात्रै हो । काग्रेस र एमालेको गुटबन्दी सत्ताकोलागी भएकोले अब जनताले उनीहरुलाई साथ दिदैन । हेर्नुस जेठ २६ गतेको भन्दा २७ गतेको हाम्रो आमसभामा बढी जनता आउँछन ।

केही सिमिति दलहरुले आफ्नो स्वार्थ जनतामाथि लाद्न खोजेकोले संविधानसभाको अवसान भएको भन्दै उनले संविधानसभा असफल भएसँगै १२ बुँदे सहमतिको औचित्य सकिएको ठोकुवाव गरे ।

मुलुकमा जनता र प्रजातन्त्र असफल नभएको भन्दै नेताको असफलताको दोष अरुलाई दिन नहुने बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग