जापानी महिलाको बलात्कार र हत्याका आरोपी नेपाली १५ बर्ष पछी रिहा (भिडियो सहित)
Published on
6:35:00 PM //
काठमाडौं, जेष्ठ २५ - जापानी महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा जेल परेका नेपाली गोविन्द्रप्रसाद मैनाली १५ वर्षपछि बिहीबार अदालतको आदेशमा रिहा भएका छन् । टोकियोस्थित उच्च अदालतको आदेशमा मैनाली रिहा भएका हुन् ।

हत्या गरिएकी महिलाको बीर्य र रौंको डीएनए परीक्षण गर्दा मैनाली निर्दोष ठहरिएका थिए । योकोहामास्थित कारागारमा रहेका मैनाली रिहा भएपछि जापानमा रहेका नेपालीले खुशी साटेका छन् । अदालती सुनुवाई सुन्न मैनाली पत्नी राधा र दुई छोरी अदालत पुगेका थिए ।