Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाँच बुँदे सहमति नै निकासको सुत्रः कोइराला

Published on 8:29:00 PM //


काठमाडौ, ७ असार । नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले मुलुकको निकासकोलागी पाँच बुँदे सहमति नै उपयूक्त सुत्र भएको बताएका छन् ।
उनले तीन दल र मधेसी मोर्चाबीच विगतमा भएको पाँच बुँदे सहमतिको कार्यान्वयनबाट नै वर्तमान राजनीतिक सङकट समाधान हुने भन्दै पाँच बुँदे अनुसार नहिडेसम्म चुनावविरुद्ध काग्रेसले आन्दोलन जारी राख्ने बताए । उनले वर्तमान सरकारले संवैधानिक र राजनीतिक सहमति उल्लङघन गरी चुनाव घोषणा गरेकाले पार्टीले आन्दोलन गरेको भन्दै  लोकतन्त्र समाप्त गर्न खोज्नेहरु आफै समाप्त भएर जाने चेतावनी दिए । कोइरालाले  चुकेनन् योद्धाहरु नामक गितिसंग्रहको सिडी क्यासेटको राजधानीमा विमोचन गर्दै त्यस्तो धारणा राखेका हुन ।
यसैवीच नेपाल विद्यार्थी संघको महाधिवेशनको मिति तोक्न विद्यार्थीहरुको प्रतिनिधि मण्डलले कोइराललाई भेटेर आग्रह गरेको छ ।
भेटमा कोइरालाले तोकिएको समयमा नै महाधिवेशन हुने धारणा राखे । उनले नेविसंघका अध्यक्षलाई बोलएर आफूले सल्लाह गर्ने जानकारी दिदै छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे ।




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग