Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृत अवस्थामा महिलाको शव फेला

Published on 1:19:00 PM //


३० जेठ, अपडेट गुल्मी
गुल्मीको जैसीथोक गाविसमा मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । गुल्मीको जैसीथोक गाविस वडा नम्वर ५ का पदम रम्जालीकी ५५ वर्षीय श्रीमति टोपला रम्जाली मृत अवस्थामा फेला पर्नुभएको हो । टोपलाको शव जैसीथोक गाविस वडा नम्वर ६ को नहरेभन्ने ठाउँभन्दा तल कोप्चेपानीमा फेला परेको प्रहरीले जनाएको छ । टोपलीको शव वाटोभन्दा केही तल खोल्सामा फेला परेको छ । टोपलीले अध्यााधिक मदिरा सेवन गर्ने गरेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गुल्मीवाट प्रहरी निरिक्षक राजु शर्माको टोली घटनास्थल पुगेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग