Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रित्तो हात फर्कीएकोमा निराश र दुखित छु: पुर्व सभाषद बराल

Published on 1:24:00 PM //


मनोज बस्नेत
गूल्मी जेष्ठ ३०
चार बर्षको अबधीमा पनि सबिंधान जारी गर्न नसकी जनता कहाँ रित्तो हात फर्कीएकोमा आफुलाई निरास र दुख लागेको पुर्व सभाषद सुर्दशन बरालले बताउनुभएको छ । जनताको पक्षमा सबिधांन लेखनका लागी मलाई जिताउने गुल्मी क्षेत्र नम्बर एकका जनतालाई मैले कृतज्ञता ज्ञापन गर्दछु, गुल्मीको तम्घासमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर एकका पुर्व सभाषद रहेका बरालले भन्नुभयो, तपाईहरुले सुम्पेको जीम्मेवारी म पुरा गर्न सकिन यसमा म आत्मआलोचित छु ।
अब जनता कहाँ कसरी जानुहुन्छ, भन्ने पत्रकारको प्रश्नमा नालापानी जोगाउन बलभद्र कुवंरले अन्तीम सम्म लड्दा पनि सफल हुन नसकेको उदाहरण प्रस्तुत गर्दै बरालले भन्नुभयो, हामीले पनि अन्तीम समय सम्म प्रयास गरेकै हो, तर सबिंधान बन्न सकेन, अब जनताको जस्तो सुकै निर्णय मान्न पनि हामी तयार छौँ । चार बर्षको अवधीमा पनि सबिंधान बनाउन नसक्ने तपाईहरुलाई जनताले अब कुन आधारले विश्वास गर्न सक्छन् त भन्ने पत्रकारहरुको अर्को जिज्ञासामा नेपाल एकिकरणमा पृथ्वी नारायण शाहले नुवाकोटमा ३ पटकको प्रयास पछी बिजय हासिँल गरेको अर्को उदाहरण तेर्स्याउदै बरालले थप्नुभयो, एक पटक असफल भयो भन्दैमा कोही पनि जिन्दगीभर असफल हुन्छ भन्न मिल्दैन ।
अहिलेकै अवस्थामा मसिंर ७ गते सबिंधान सभाको निर्वाचन असंबैधानिक हुने तर अबको निकास भनेको निर्वाचन नै हुने धारणा राख्दै पुर्व सभाषद बरालले त्यसको लागी आरोप प्रत्यारोपमा नलागी दलहरु बिच तत्काल सहमती आवश्यक रहेको बताउनुभयो । कांग्रेस, एमाले तर्फ लक्षीत गर्दै बरालले केही पुराना राजनितीक शक्तिहरुका कारण सबिधान जारी गर्न नसकी सबिंधान सभाको असामायिक अवसान भएको अरोप लगाउनुभयो । मुलुक यतीबेला असंबैधानिक कदम तिर धकेलिएको बताउँदै सहमतीका लागी माओवादिले सरकार छोड्न तयार रहेको तर राष्ट्रिय सहमतीको सरकार गठनको खाका तयार नभएसम्म सरकारबाट हट्दा मुलुक थप असंबैधानिक र अराजकता तर्फ धकेलिने भएकाले सरकार खाली हुन दिन नहुने उहाँको तर्क छ ।
क्रान्तिकारी पत्रकार सघं गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम पुर्व सभाषद बरालको प्रमुख आतिथ्यता, सघंका जिल्ला सयोंजक प्रेम सुनारको अध्यक्षता र सचिव घनश्याम खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग