Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अब जेलमै सेक्सको सुविधा

Published on 10:30:00 PM //


कैदीहरुको यौन अधिकारको कुरा नेपालमा पनि बेलाबेलामा उठ्ने गर्छ । तरपनि अहिलेसम्म जेलमा रहेका कैदीबन्दीहरुले यस्तो अधिकार पाइसकेका छैनन् । तर अब भारतको पंजाब प्रान्तमा भने कैदीहरुले जेलभित्रै आफ्नो श्रीमान वा श्रीमतीसँग सेक्स गर्न पाउने भएका छन् ।
जेलमा लामो सजायँ काटिरहेका कैदीहरुलाई आफ्नो वैधानिक पार्टनरसँग जेलभित्रै सेक्स गर्ने इजाजत दिने तयारी भैरहेको बताइएको छ । पंजाबका प्रहरी महानिर्देशक शशिकान्तले कैदीहरुलाई पार्टनरसँग सेक्सको इजाजत दिने सम्बन्धी प्रस्ताव राज्य सरकारमा पेश गरेका छन् ।
प्रस्तावमा कैदीहरुलाई जेलभित्रै कुनै निश्चित स्थानमा आफ्नो पार्टनरसँग सेक्स गर्न दिनुपर्ने उल्लेख छ । यदि यो प्रस्ताव पारित भएमा पंजाब भारतको पहिलो राज्य हुनेछ जसमा जेलभित्रै कैदीहरुलाई सेक्सको वैधानिकता दिइनेछ ।
जेल विभागका प्रहरी प्रमुख शशिकान्तले सेक्स पनि भोजन जत्तिकै महत्वपूर्ण रहेको र जेल सुधार कार्यक्रम अन्तरगत आफुले यस्तो प्रस्ताव अघि सारेको बताए ।
जेलभित्र वैधानिक सेक्सको इजाजत नहुँदा कैदीहरुबीच असुरक्षित यौन सम्बन्धको खतरा बढिरहेको र त्यसले विकृति पनि ल्याएको उनको दाबी छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग