Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बमलाई सहिद घोषणा गरियो, परिवारलाई १० लाख दिईने

Published on 1:24:00 PM //


१ असार, काठमाण्डौं ।  अज्ञात समूहले गोली हानी हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई सरकारले शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार विहान बसेको मन्त्रिपरिषदको बैठकले स्वर्गिय बमलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिर्ने निर्णय गरेको छ ।

बैठकले न्यायाधीश बमको हत्याका सम्बन्धमा छानबिन गर्न पूर्वन्यायाधीश प्रेमप्रसाद शर्माको अध्यक्षतामा तीन सदस्यीय चाँजबुझ आयोग गठन गरेको शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिनुभयो ।  आयोगका अन्य सदस्यमा महान्यायाधिवक्ताको कार्यालयबाट प्रेमराज कार्की र प्रहरी प्रधान कार्यालयबाट नरेश गुरुङ रहनुभएको छ ।

यसैगरी बमको उपचारका लागि नर्भिक अस्पतालमा लागेको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने निर्णय गरेको छ । न्यायाधीश बमको कार्यालय जादै गरेका बेला ललिपुरको युएन पार्क नजिकै अज्ञात समुहको गोली प्रहारवाट गत जेठ १८ गते मृत्यु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग