Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुर्घाको स्वाँरलाई होम स्टेको रुपमा विकास गर्न समिति

Published on 2:00:00 AM //


घनश्याम गौतम
गुल्मी– गुरुङ्गहरुको मात्र बसोबास रहेको कुर्घाको स्वाँर गाउँलाई होम स्टेको रुपमा विकास गर्न स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीको संयोजकत्वमा २१ सदस्यीय समन्वय समिति गठन गरिएको छ ।

समितिमा जिल्लामा क्रियाशिल आठ राजनीतिक दलका प्रमुखहरु, गुल्मी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, बर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारी, महासचिव कृष्णप्रसाद पोखरेल, रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष निमबहादुर पाण्डे, पत्रकार महासंघ अध्यक्ष घनश्याम गौतम, होटल व्यवसायी मञ्चका अध्यक्ष युवराज भण्डारी, गुल्मी यातायात व्यवसायी संघका अध्यक्ष रुपकलाल श्रेष्ठ, कुर्घाका समाजसेवी ज्ञानहरी सापकोटा, गुरुङ्ग गाउँका अगुवा झलकसिंह गुरुङ्ग लगायत सदस्य रहेका छन् ।

समन्वय समितिले कुर्घाको भुवाचिदी देखि स्वाँर सम्मको ५ किलोमिटर मोटरबाटोको सुधार, स्वाँरदेखि धार्मिक एवं जैविध विविधतायुक्त सालिमे जंगलसम्मको सडकलाई पर्यटक ट्रयाकका रुपमा विस्तारका लागि सम्बन्धित निकायमा पहल गर्ने लगायतका कामहरु गर्ने संयोजक ज्ञवालीले बताए । गुरुङ्ग समुदायको ४० घर मात्र रहेको स्वाँर गाउँमा होम स्टे संचालनका लागि गुल्मी उद्योग वाणिज्य संघले समेत पहल गरिरहेको छ ।
गुरुङ पहिरनमा स्वाँरका गुरुङहरु । तस्बिर: कृष्ण प्रसाद पोख्रेल



नेपाल उद्योग वाणिज्य महासंघले देशभरका ५ गाउँमा होम स्टे संचालन गर्नका लागि सहयोग गर्ने निर्णय अनुरुप कुर्घाको गुरुङ्ग गाउँ स्वाँरालाई पनि सहयोग गर्ने निर्णय गरेको गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलले बताए । स्वाँरका अगुवा गुरुङ्गहरुलाई संघले यस अघि नै होम स्टे संचालनका लागि पोखरा र स्याङ्जाका होम स्टे संचालन भएका गाउँहरुमा समेत अवलोकन भ्रमण गराएको छ । समन्वय समितिमा पूर्व सभाषद सुदर्शन बलाल र प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल सल्लाहकार छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग